२०८३ कार्तिक १९ गते बुधबार

एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
nic asia bank

काठमाडौँः एनआईसी एशिया बैंकले विद्यमान सेयरधनीलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएसँगै बैंकलाई करिब ७ अर्ब ४६ करोड रुपैयाँ पूँजी जुटाउने बाटो खुलेको हो।

सेबोनले चालु आर्थिक वर्ष २०८३/८४ कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्तावलाई पूर्वस्वीकृति दिएको हो।

बैंकले हाल कायम सेयरधनीलाई २ कित्ता बराबर १ कित्ता अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार हाल बैंकको २ कित्ता सेयर भएका सेयरधनीले थप १ कित्ता सेयर खरिद गर्न पाउनेछन्।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पूँजी जुटाउने लक्ष्य राखेको छ।

यो निष्कासन विद्यमान सेयरधनीका लागि हुनेछ। तर हकप्रद सेयर पाउनका लागि कुन मितिसम्म सेयर कायम हुनुपर्ने हो भन्ने विषय बैंकले बुक क्लोज मिति सार्वजनिक गरेपछि स्पष्ट हुनेछ।

हालसम्म बैंकले बुक क्लोज मिति, निष्कासन अवधि र आवेदन प्रक्रियाको विवरण सार्वजनिक गरेको छैन।

हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।

सेबोनबाट पूर्वस्वीकृति प्राप्त भए पनि सेयर निष्कासनको अन्तिम प्रक्रिया पूरा हुन बाँकी छ। नियामकको औपचारिक पत्र प्राप्त भएपछि बैंकले निष्कासनसम्बन्धी थप विवरण सार्वजनिक गर्नेछ।

हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी बढ्नेछ। यद्यपि यसले सेयरधनीको लगानीमा पार्ने प्रभाव बैंकको वित्तीय अवस्था, पूँजीको उपयोग र आगामी प्रतिफलमा निर्भर रहनेछ।

प्रकाशित: २०८३ कार्तिक १९ गते बुधबार १२:५९
प्रतिक्रिया

थप समाचार

तिहारका लागि दुई दिन बबरमहलबाट सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँः तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। सीमित मौज्दातमा दुई दिन मात्रै बिक्री खुला गरिने भएकाले सुनचाँदीका...

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना