काठमाडौँ: सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सोमबार भ्रष्टाचारविरोधी प्रदर्शनमा उत्रिएका जेनजीले संसद् घेरेका छन्। उनीहरू पानीको फोहोरा अश्रुग्याँस छिचोलेर निषेधित क्षेत्र तोडेर संसद् भवन पुगेका हुन्।
विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन्। उनीहरूले संसद् भवनभित्र ढुङ्गा र बोतललगायत प्रहार गरिरहेका छन्।
यसैबीच संसद भवन अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेका छन्।
संसद् भवन घेरेपछि प्रहरीले अश्रुग्याँससहित लाठी चार्ज सुरु गरेको छ।


