काठमाडौँ। सोमबार भ्रष्टाचारविरोधी प्रदर्शनमा उत्रिएका जेनजी युवाहरू संसद् भवनभित्र छिरेका छन्। संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ।
माइतीघरमा जम्मा भई नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेर उनीहरूले संसद् भवन घेरेका थिए। त्यसैक्रममा उनीहरू गेटमाथिबाट संसद् भवन परिसरमा छिरेका हुन्।


