काठमाडौंः जेनजी आन्दोलनमा भएको भारी मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको गृहमन्त्री लेखक सचिवालयका एक सदस्यले बताए। भने ‘ गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो। उहाँ नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभएको छ।’
जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।
सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा पनि मन्त्री लेखकले यस्तो होला भन्ने नसोचेको तर मानवीय क्षति भएपछि आफुले पदबाट राजीनामा गर्ने सोच बनाएको बताएका थिए।


