काठमाडौँ। आन्दोलनरत जेनजी युवाहरूले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा आगजनी गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले तोडफोडका क्रियाकलाप गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। सोही क्रममा प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन्।
अहिले प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन्। नेताहरूका घरलाई निशाना बनाएका छन्। प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, ऊर्जामन्त्री दीपक खड्का, पूर्वगृहमन्त्री रमेश लेखक लगायतका घरमा प्रदर्शनकारीहरूले तोडफोड एवं आगजनी गरेका छन्।


