काठमाडौँ: जेनजी प्रदर्शनकारीहरूको प्रदर्शन चर्किएसँगै हाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा आगजनीका घटना बढेसँगै हवाई सुरक्षा प्रतिकूल बनेकाले हाललाई विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए।
विमानस्थल बन्द भएसँगै आजका लागि सबै उडानहरू रद्द भएका छन्।
हाल विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ।







