पोखरा: जेनजी प्रदर्शनकारीहरूले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन्। सोमबारदेखि संघीय राजधानी काठमाडौँसहित देशभर जेनजी युवाहरू प्रधानमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग गर्दै आन्दोलनमा छन्।
यसैक्रममा पोखरा महानगरपालिकाको गेट फोडेर प्रदर्शनकारीहरूले कार्यालयमा आगो लगाएका हुन्। आगजनीका साथै संरचनामा तोडफोड समेत गरिएको छ।
आगजनीको प्रयास गरेपछि प्रहरी र नगरप्रहरीसँग प्रदर्शनकारीको झडप पनि भएको छ। यसैक्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। प्रहरीले अहिले पनि निरन्तर हवाई फायरिङ गरिरहेको छ।
बिहान पोखराको सभागृह चोकमा जम्मा भई प्रदर्शन सुरु गरिएको थियो।


