काठमाडौँ। जेनजी प्रदर्शनकारीहरू सिंहदरबार प्रवेश गरेका छन्। मंगलबार बिहानैदेखि चर्को प्रदर्शन गरिरहेका उनीहरू गेट तोडेर सिंहदरबारभित्र छिरेका हुन्।
उनीहरू मन्त्रालयमा छिरेर तोडफोडमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले आन्दोलनको दोस्रो दिन शीर्ष नेताहरूका निवास निशाना बनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्का, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापालगायतको घरमा आगजनी गरेका छन्।


