काठमाडौँ: प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीको आक्रोशित भिडले भवनमा आगजनी गरेको हो।
सोमबारदेखि जारी जेनजी युवाको प्रदर्शनी आज झन् चर्किएको छ। उनीहरूले शीर्ष दलका नेताहरूको घरमा आगजनी गरेका छन्। पोखरा महानगरपालिकाको कार्यालयमा आगो लगाएका छन्।
प्रदर्शनकारीहरूको भिड यतिबेला सिंहदरबार प्रवेश गरेको छ। आन्दोलनले चर्को स्वरूप लिएपछि अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।


