जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ। प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताए। कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको सूचना आएको प्रहरी मूख्यालय स्रोतले जानकारी दिएको छ।
घटनाको थप विवरण प्राप्त भएको छैन।


