काठमाडौँ। जेनजी प्रदर्शनपछि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले केही बेरमा सम्बोधन गर्न लागेका हुन्।
सोमबार र मंगलबारको प्रदर्शनपछि राष्ट्र सरकारविहीन अवस्थामा पुगेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित महत्वपूर्ण सरकारी कार्यालयहरू जलेका छन्।
जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापति सिग्देलले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्। सेनाले यसअघि विज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको थियो।


