२०८३ कार्तिक २५ गते मङ्गलबार

मंगलबार कहाँ कहाँ के के भयो क्षति ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
546097594_10238318782084245_4244291100571054683_n

काठमाडौँ। भदौ २३–२४, काठमाडौँ प्रदर्शनको सडक मात्रै होइन, इतिहासको साक्षी पनि बन्यो। जेनजी आन्दोलनले सत्ता मात्रै पल्टाएन सम्तवत: इतिहासमा ठूलो क्षतिको पनि सामना गर्नुपर्‍यो। सोमबार सरकारी दमनका कारण १९ जनाको ज्यान गएपछि मंगलबार बिहानैदेखि जेनजी युवाहरू काठमाडौँका सडकमा जम्मा भए। उनीहरूको आक्रोशको केन्द्रमा परे ठूला नेता, उनीहरूका घर र सार्वजनिक संरचनाहरू।

सिंहदरबार, संसद् भवन, सर्वोच्च र जिल्ला अदालत काठमाडौँ, महान्यायाधीवक्ताको कार्यालय, नेपाल बार एसोसिएसनको कार्यालय, राष्ट्रपति निवास सितलनिवास, प्रधानमन्त्री निवास बालुवाटार र प्रहरी कार्यालयहरू जलाइए। राज्य तीन अंगसहित देशभर सरकारी संचरनाहरू जलेर नष्ट भए।

कहाँ कहाँ के के भयो क्षति?

काठमाडौँमा सिंहदरबार, संसद् भवन, जिल्ला अदालत काठमाडौँ, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला सरकारी वकिलको कार्यालय, महान्यायाधीवक्ताको कार्यालय, बबर महल (सडक विभाग), उपत्यका ट्राफिक प्रहरी महाशाखा, राष्ट्रपतिको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलगायत प्रमुख सरकारी भवनहरू जलेका छन्।

नागरिक उड्यान प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग, कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा पनि आगो लगाइएको छ।

यस्तै आन्दोलनकारीले भक्तपुरस्थित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घर, रातोपुलस्थित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर, भंगालस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर, दहचोकस्थित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको घरसहित नेताहरूका निजी सम्पत्ति समेत जलाइएको छ।

बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर जलाइएको छ। आन्दोलनकारीको कुटपिटमा परेका देउवा दम्पत्तिको उपचार जारी छ। खुमलटार र चितवनस्थित पुष्पकमल दाहालको घर पनि जलेको छ। भैँसीपाटीस्थित मन्त्रि क्वाटरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्। काठमाडौँसहित बाह्य जिल्लामा शीर्ष दलका पार्टी कार्यालयहरूमा आगजनी गरिएको छ।

तीनकुनेस्थित प्रहरी कार्यालय र गौशाला प्रहरी वित्तसहित धेरै प्रहरी कार्यालयहरू तोडफोड र आगजनी गरी प्रदर्शनकारीहरूले हतियार पनि कब्जामा लिएका छन्।

प्रदर्शनकारीहरूको निशानामा निजी क्षेत्र पनि परेका छन्। कान्तिपुर दैनिकको तीनकुनेस्थित टेलिभिजन र थापाथलीस्थित पत्रिकाको भवनमा आगो लगाइएको छ।  थापाथलीस्थित अटोहब पनि प्रदर्शनकारीको निशानामा परेको छ। सुजुकी, टाटा, सिजी, महिन्द्रा, हुण्डाईका शोरुममा आगो लगाइँदा दर्जनौँ नयाँ कारहरू जलेर नष्ट भएका छन्।

बानेश्वस्थित राष्ट्रिय वाणिज्य बैंक र बत्तीसपुतलीस्थित हिमालयन बै‌ंकमा लुटपाट गरिएको छ।

यसैगरी नेपाल राष्ट्र बैंकमा आगो लगाइनुका साथै एनएमबी, ग्लोबल आईएमई बैंकका बुथ फुटाइएको छ। एनसेल कर्पोरेट टावर, नक्सालस्थित हिल्टन होटल, बालुटारस्थित वर्णबास होटल, काठमाडौँका चाबहिल र नक्साल तथा विराटनगर र चितवनस्थित भाटभटेनीमा लुटपाटपछि आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन गरेको चन्द्रागिरी केवलकारमा पनि आगो लगाएका छन् भने कोटेश्वरको सिम्रिक एयरको भवन पनि जलाइएको छ।

नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले निकालेका छन्। सोही जेलबाट जनकपुर बम विस्फोटका अभियुक्त सञ्जय टकला समेत भागेका छन्। सुन्धारास्थित केन्द्रीय कारागारसहित कैलाली, सोलुखुम्बु, महोत्तरी, दाङ, कास्की, हेटौँडालगायत विभिन्न जिल्लाबाट हजारौँ कैदीहरू भागेका छन्।

यसैगरी कोशी प्रदेशसभा भवन र मुख्यमन्त्रीको कार्यfलय, मधेश प्रदेश सरकारको मुख्यालय र मधेश प्रदेश सरकारको सचिवालयका सबै भवन, गण्डकी प्रदेशसभा भवन, बागमती प्रदेश सरकारका अधिकांश मन्त्रालय, सुर्खेतस्थित प्रदेशसभा कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यलयमा पनि आगजनी भएको छ। यस्तै मेची भन्सार र आन्तरिक राजस्व कार्यालय कोशीमा पनि क्षति पुर्‍याइएको छ।

पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय चितवन,  जिल्ला प्रशासन कार्यालय कास्की, हेटौँडा उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली, नापी कार्यालय सुर्खेतसहित काठमाडौँबाहिर पनि दर्जनौँ सरकारी भवनमा आगजनी गरिएको छ।

देशभर भएको क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन।

प्रकाशित: २०८२ भदौ २५ गते बुधबार ०९:४६
प्रतिक्रिया

थप समाचार

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना