काठमाडौँ। जेनजी नेपालले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नाम अन्तरिम सरकारको नेतृत्वका लागि अघि सारेको छ। यसअघि उक्त समूहले भोटिङमार्फत् पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउन सहमति गरेको थियो।
कार्कीको नाममा सकारात्मक छलफल भए तापनि संविधान, विधि, पद्धतिअनुसार नेतृत्वमा अघि सार्न विधिसंवत नदेखिएको भन्दै उक्त समूह पछि हटेको हो। संविधान बमोजिम पूर्वप्रधानन्यायाधीश, न्यायाधीशहरू सरकारको नेतृत्व दिन योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उनले जेनजीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उनको नाम अस्वीकृत गरिएको विज्ञप्तिमार्फत् जेनजी नेपालले जनाएको छ।
यद्यपि, उक्त समूहको साझा समझदारी भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई अघि सार्ने थियो। तर उनले रुचि नदेखाएकले पाललाई लोडसेडिङबाट मुक्त गराउने घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको विज्ञप्तिमार्फत बताइएको छ।
अन्तरिम सरकारको नेतृत्व लिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इच्छा जाहेर गरे पनि साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको निष्कर्ष जेनजी समूहको छ।


