काठमाडौँ। गत सोमबार र मंगलबार काठमाडौँसहित देशभर भएको सरकारविरोधी जेनजी (१९९७-२०१२) प्रदर्शनीका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। नेपाल प्रहरीले पुष्टि गरेअनुसार हालसम्म उक्त संख्यामा मानिसहरूको ज्यान गएकोमा यो संख्या अझैँ बढी हुने अनुमान गरिएको छ।
सबैभन्दा बढी नेसनल ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ। त्यसपछि सिभिल अस्पतालमा ६ जना र लुम्बिनी प्रदेश अस्पतालमा ५ जनाको उपचारका क्रममा ज्यान गएको छ।
एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कलेज, वयोधा अस्पताल र बीपी कोइराला इन्स्टिच्युट एन्ड हेल्थ साइन्समा २/२ जनाले ज्यान गुमाएका छन्।
यसैगरी टिचिङ अस्पताल, बीएण्ड सी झापा र विर्तासिटी अस्पतालमा १/१ जनाको मृत्यु भएको छ।
कुल १३६८ जना घाइते भएकोमा ९४९ जना डिस्चार्ज भैसकेका छन् भने ३२१ जना अझैँ उपचाररत छन्।


