२०८३ कार्तिक १६ गते आईतबार

सुशीला आजै प्रधानमन्त्री, आजै सपथको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
sushila karki

 

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी समूहका तर्फबाट सिफारिस पूर्वन्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्दै सपथ गराउने भएका छन्

कार्कीलाई हिजै प्रधानमन्त्री बनाउने सहमति भए पनि आन्दोलनरत पक्षले संसद विघठनको माग नछाेडेपछि आज दिनभर यसैमा छलफल भयो। तर सदन विघठनमा राष्ट्रपति पक्ष सहमत भएपछि निकास निस्केको भनाइ जेनजी पक्षधरहरुको छ।

यसअघि बिहीबार दिनभर राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग निरन्तर छलफल गरेका थिए। उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतसँग टेलिफोनमा परामर्श गरेका थिए।

जेनजीका प्रतिनिधीहरुले बिहीबार राति १० बजे पनि कार्कीलाई फोन गरेर देशको अभिभावकत्व लिइदिन आग्रह गरेका थिए। जेनजी प्रतिनिधीसँग कार्कीले कानुनी कुराहरु सहज भएमा देशको नेतृत्व लिन आफू तयार रहेको तर त्यसका लागि राष्ट्रपतिसँग छलफल हुनुपर्ने बताएकी थिइन्। त्यसपछि जेनजी प्रतिनिधिहरुले सेना प्रमुखलाई यसको समन्वय गरिदिन आग्रह गरेका थिए।

त्यसपछि बिहीबार राति नै राष्ट्रपति पौडेल, प्रधानसेनापति, सुशीला कार्की र कानुनी सल्लाहकार बाबुराम कुँवर छलफलमा बसेका थिए।

बिहीबार साँझ मात्र राष्ट्रपति पौडेलले विपिन अधिकार, भिमार्जुन आचार्य लगायतका केही कानुनविदसँग नयाँ सरकारको गठन प्रक्रिया र त्यसको कानुनी पक्षबारे छलफल गरेको पनि बताइएको छ। पूर्व प्रन्यालाई सरकारको नेतृत्व दिँदा पैदा हुने कानुनी पक्षको कुरा पनि सो छलफलमा उठेको थियो।

संविधानविदहरूसँगको परामर्शमा राष्ट्रपतिले संसदमार्फत नियुक्ति सम्भव नभएको र तत्काल प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दबाब रहेको बताएका थिए। संविधानविदहरूले संकट व्यवस्थापनका लागि राष्ट्रपतिले संविधानको संरक्षकको भूमिकामा प्रधानमन्त्री नियुक्त गर्न सकिने सुझाव दिएका थिए।

प्रकाशित: २०८२ भदौ २७ गते शुक्रबार ०७:३२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना