२०८३ कार्तिक १६ गते आईतबार

जेनजी आन्दोलन : प्रचण्डसहित २० माओवादी नेताका घर क्षतिग्रस्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
maobadi

काठमाडौँ। जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ।

माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार भदौ २४ गते जेनजीहरुले गरेको प्रदर्शनमा २० जना माओवादी नेताको घर र पार्टी कार्यालयमा आगजनीसाथै लुटपाट भएको जनाइएको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयपनि क्षतिग्रस्त छ। जसमध्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त भएको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त पारिएको छ भने उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट भएको छ। त्यस्तै अन्य नेताहरुको घरमा लुटपाट र तोडफोड भएको थियो।

आगजनी र लुटपाट भएका नेताहरूको सूची यसप्रकार छन् :
१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।

९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त।

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त।

२०. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड।

 

प्रकाशित: २०८२ भदौ २८ गते शनिवार ०६:२५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना