२०८३ कार्तिक २५ गते मङ्गलबार

मन्त्री छान्ने प्रक्रियामा असन्तुष्टि जनाउँदै बालुवाटारमा सुदन गुरुङ समूहको नाराबाजी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
sudan_gurung_pradarshan

काठमाडौँ: जेनजी प्रदर्शनको अगुवाका रूपमा देखिएका सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटारअघि नाराबाजी गरेको छ। मन्त्री छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै उक्त समूह आइतबार मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेको हो।

केपी शर्मा ‌ओली नेतृत्वको नेकपा एमाले-नेपाली कांग्रेस गठबन्धनको यसअघिको सरकारले फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेनजीले सुरु गरेको ‘नेपो बेबी’अभियान सामाजिक सञ्जाल हुँदै सडकमा पुगेर आन्दोलनका रूपमा रूपान्तरित भएको थियो। भदौ २३ र २४ गतेको उक्त आन्दोलनले २७ घण्टामा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री र राष्ट्रपति निवाससहित देशभरका सार्वजनिकसहित निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। अन्तत: ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भई उनीसहित शीर्ष नेताहरू सेनाको सुरक्षामा भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो।

सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूको प्रस्तावमा नेपाली सेनाको अग्रसरतामा राष्ट्रपति रामचन्द्र पौडेलबाट गत शुक्रबार कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्। गुरुङले कार्की प्रधानमन्त्री नियुक्ति भएलगत्तै बालुवाटारमै उनको खुट्टा समेत ढोगेका थिए।

तर डिस्कोर्ड हुँदै सामाजिक सञ्जालबाट भएको आन्दोलनपछि युवाहरूले डिस्कोर्डबाटै भोटिङ गरी मन्त्री छान्ने बताइरहेको बेला कार्कीले धमाधम मन्त्रीको टुंगो लगाउन थालेपछि गुरुङसहितको समूहले आइतबार मध्यराति बालुवाटारमा प्रदर्शन गरेको हो। गुरुङ समूहसहित प्रदर्शनमा जेनजी शहीदका आफन्तको पनि उपस्थित रहेको थियो। उनीहरूले  ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए।

प्रधानमन्त्री कार्कीले आइतबार तीन मन्त्रीको नाम टुंगो लगाएकी छन्। आज(सोमबार) उनीहरूले पद तथा गोपनीयताको शपथ लिँदैछन्। बालुवाटारनिकट स्रोतका अनुसार अर्थविद् रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री बन्ने टुंगो लागेको छ।

प्रकाशित: २०८२ भदौ ३० गते सोमबार ०८:५८
प्रतिक्रिया

थप समाचार

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना