काठमाडौँ। सरकारले चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो।
दैनिक ज्याला ५६५ रुपैयाँ र प्रति घण्टा ७० रुपैयाँ तोकिएको छ। चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारले समेत दैनिक ७० रुपैयाँ भत्ता पाउनेछन्।


