काठमाडौँ: आज (शुक्रबार) मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रदान गर्ने सेवाहरू ३ घण्टा अवरुद्ध हुने भएका छन्।
कम्पनीले आफ्नो नियमित सुधार प्रक्रिया अन्तर्गत दिउँसो १ बजेदेखि ४ बजेसम्म प्राविधिक कार्य गर्दैछ। जसकारण उक्त समयमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरु अवरुद्ध रहने कम्पनीले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा २० वर्षे सेवा अवधिमा एनसेलले हालसम्मको ठूलो क्षति बेहोर्नु परेको थियो। काठमाडौँको लैनचौरस्थित मुख्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरामा रहेका क्षत्रिय कार्यालयहरूमा आगजनी एवं तोडफोड हुनुका साथै कम्पनीका महत्त्वपूर्ण कागजात एवं धनमाल लुटपाट भएका थिए।


