२०८३ कार्तिक १२ गते बुधबार

नर्भिकले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १०
norvic-AGM-(1)-1758869799

काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ।

काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।
साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ। साविकका सञ्चालकहरु नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो। निर्वाचित हुने सञ्चालकहरुमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहेका छन्।

यसैगरी, लेखा परीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौं साधारणसभा हो।

नर्भिकले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्न निस्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।

प्रकाशित: २०८२ असोज १० गते शुक्रबार १२:४७
प्रतिक्रिया

थप समाचार

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना