१. काठमाडौँ उपत्यका
मिति २०८२।०६।१८ गते अं. ०७:०० बजेदेखि अबिरल वर्षाको कारण काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाण्डौबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मको लागि दुबै तर्फका सवारी साधन होल्ड गरिएको।
२. बीपी र अरनिको राजमार्ग
मिति २०८२।०६।१८ गते अं. ०८:३० बजेको समयमा जिल्ला काभ्रे अन्तर्गत बीपी र अरनिको राजमार्गमा अबिरल वर्षातको कारणले धुलिखेलदेखि प्रचौदो लालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमाना सम्म दुबै तर्फी सवारी साधन अनिश्चित समयको लागि होल्ड गरिएको।
३. जिरसुवा (रसुवा): बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति
मिति २०८२।०३।२४ गते अं. ०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गापा वडा नं-२ स्थित रसुवागढीमा बाढी आइ नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द भएको।
मिति २०८२।०६।१६ गते अं. १७:४० बजे जिल्ला रसुवा गोसाइँकुण्ड गापा वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो आई बाटो अवरुद्ध भएको।
मिति २०८२।०६।१६ गते अं. ०७:०० बजेको समयमा जिल्ला रसुवा गोसाइँकुण्ड गापा वडा नं २ बालुवाखानि, र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङ्गा झरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको।
४. संखुवासभा भोटखोला गापा ४ बरुणखोला स्थित कोशी राजमार्ग
मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जिल्ला संखुवासभा भोटखोला गापा ४ स्थित बरुणखोलामा बाढी आइ ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको। वर्षातको अवधिभर सञ्चालन हुन नसक्ने।
५. संखुवासभा मकालु गापा ३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड
मिति २०८२।०५।१५ गते ००:०० बजे जिल्ला संखुवासभा मकालु गापा ३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको।
६. काभ्रे, बीपी राजमार्ग
मिति २०८२।०६।१६ गते बिहीबारदेखि ऐ. २१ गते मंगलवारसम्म (६ दिन) साँझ १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म बीपी राजमार्ग पूर्णरूपमा बन्द रहने।
७. अरनिको राजमार्ग
मिति २०८२।०६।१६ गते अं. १०:१० बजेको समयमा जिसिपा भोटकोशी गापा वडा नं ४ चारकिलो स्थित अरनिको राजमार्गमा अं. २ मिटर सडक भासिन गई सडक अवरुद्ध भएको।
अपडेटहरू:
-
ऐ. १७ गते अं. १७:०० बजे सानो सवारी साधन चल्ने, ठूला सवारी साधन नचल्ने गरी सडक सञ्चालन।
-
ऐ. १८ गते अं. ०८:१५ बजेको समयमा अं. १५ मिटर लम्बाइ र अं. १ फिट गहिराइ सडक भासिन गई सडक पूर्ण रूपमा अवरुद्ध।
८. बीपी राजमार्ग
मिति २०८२।०६।१८ गते अं. ११:०० बजेको समयमा जिल्ला काभ्रे रोशी गापा ११ माम्तीखोला, ऐडालावेशी ऐबुलढुंगा स्थित बीपी राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसी बाटो दुबै तर्फी अवरुद्ध भएको।
९. सिद्धिचरण लोकमार्ग
मिति २०८२।०६।१८ गते परेको अबिरल वर्षाको कारण अं. ११:१० बजेको समयमा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो सहितको बाढी आइ सडकको भाग खोली गहिरो बनाई अन्दाजी १० मिटर सडकमा क्षति पुगी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको।
१०. फाखेल हुमाने काठमाण्डौ सडकखण्ड
मिति २०८२।०६।१८ गते १३:०० बजेको समयमा जिल्ला मकवानपुर इन्द्रसरोवर गापा ४ महालक्ष्मी खोला स्थित फाखेल हुमाने काठमाण्डौ सडकखण्डमा ढुङ्गा माटो लेदो सहितको पहिरो माथिबाट खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको।
११. नारायणगढ–मुग्लिङ सडक खण्ड
जिल्ला चितवन इच्छाकामना गापा ६ नाम्चेखोला र इच्छाकामना गापा ५ तुइनखोला स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा माथिबाट पहिरो खसी बाटो एकतर्फी अवरुद्ध भएको, साथै उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको।
१२. कान्तिलोकपथ
बाग्मती गाउँपालिका ०३ टाकुचे स्थित बाटो माथिबाट पहिरो आइ पूर्ण रूपमा बन्द भएको।
१३. कुलेखानी–सिस्नेरी–दक्षिणकालि–काठमाण्डौ सडकखण्ड
मिति २०८२।०६।१८ गते १५:३५ बजेको समयमा जिल्ला मकवानपुर इन्द्रसरोवर गापा ३ सिस्नेरी बजार स्थित कुलेखानी–सिस्नेरी–दक्षिणकालि–काठमाण्डौ सडकखण्डमा डोढारे खोलामा पानीको बहाव बढ्न गई सडकमा आइ बाटो पूर्ण रूपमा अवरुद्ध भएको।
१४. पृथ्वी लोकमार्ग
मिति २०८२।०६।१८ गते अं. १६:३६ बजेको समयमा जिल्ला धादिङ गजुरी गापा ५ घाटबेसी तथा अं. १६:०५ गजुरी गापा ६ जहरेखेत पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आइ पूर्ण रूपमा बन्द भएको।
१५. पृथ्वी लोकमार्ग
जिल्ला धादिङ बेनिघाट रोराङ गापा १० जवाङखोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो खस्न जाँदा पूर्ण रूपमा बन्द भएको साथै उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको।
१६. मध्य पहाडी लोकमार्ग
जिल्ला धनकुटा पाख्रीबास नपा–५ दिकुरे स्थित मध्य पहाडी लोकमार्गमा अबिरल वर्षाका कारण सडक भासिएको र बाटो माथिबाट पहिरो खसिरहेकाले जोखिम हुने भएकाले तत्काल बाटो बन्द गरिएको।
१७. मध्य पहाडी लोकमार्ग
जिल्ला सिन्धुली फिक्कल गापा वडा नं. ०६ नागस्थान स्थित मध्य पहाडी लोकमार्गमा वर्षातको कारण ढुङ्गा, माटो र लेदो सहितको पहिरो आइ बाटो दुईतर्फी नै बन्द भएको तथा पानी परिरहेको कारण तत्काल पहिरो पन्छाउन नसकिने।
१८. मध्य पहाडी लोकमार्ग
मिति २०८२।०६।१९ गते अं. ०१:३० बजेको समयमा जिल्ला सिन्धुली मरिण गापा वडा नं. ०२ सिन्दुरे दोभान स्थित मदन भण्डारी राजमार्गमा अविरल वर्षाको कारण ढुङ्गा, माटो सहितको पहिरो गई बाटो दुईतर्फी अवरुद्ध भएको।
१९. कोशी लोकमार्ग
मिति २०८२।०६।१८ गते दिउँसो १०:०० बजेदेखि परेको वर्षाको कारण पहिरो गई जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका १ स्थित कोशी लोकमार्गको चनौटे र ऐ. वडा नं. ६ को घण्टे र सिमसुवा गरी ३ ठाउँमा बाटो अवरुद्ध भएको।







