२०८३ कार्तिक १८ गते मङ्गलबार

नेपालबाट बाहिरियो वर्षा गराउने न्यून चापीय प्रणाली, मौसममा सुधार आउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
rain-8

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा क्रमिक सुधार आउन थालेको बताएको छ। विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीमा जलसतह खतरा तह नाघेको र हाल भने घट्दो अवस्थामा रहेको विभागले जनाएको छ।

त्यस्तै, असोज १९ गते बिहान सापेक्ष रूपमा सिकोशी नदी र यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत खतरा तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ। बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको छ।

यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग
प्रेस विज्ञप्ति
बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले २०८२ असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अतिभारी वर्षा मापन भएको छ। उल्लेखित अवधिभरको २४ घण्टे (२०८२/०६/१८ गते बिहान ०४:३० बजेदेखि २०८२/०६/१९ गते बिहान ०४:३० बजे) अधिकतम वर्षा महेशपुर, रौतहटमा ३५८ मिलिमिटर मापन भएको छ।

असोज १९ गते बिहान ०८:४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालितः ७९ र स्वचालितः २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रहरूमा वर्षा भएको छ। जसमध्ये १०५ वटा केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी, ६८ वटा केन्द्रहरूमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी र ५ वटा केन्द्रहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टी-स्टेट केन्द्र ( ३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र (३२८.६ मिलिमिटर), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८.० मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) रहेका छन्।

अविरल वर्षाका कारण मिति २०८२ असोज १८ अपराह्नबाट उल्लेखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था छ। आज मिति २०८२ असोज १९ गते सप्तकोसी नदीले खतरा तह पार गरेको छ र यसका सहायक नदीहरू मुख्यतया तमोर, सुनकोसी र अरुण नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ। त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङलगायतका चुरे महाभारत उद्‌गम भई बहने नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ। कोसी नदी चतरा केन्द्रमा बहाब खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा उल्लेखित नदी तटीयक्षेत्र तथा डुबान भइरहने क्षेत्रमा असोज २० गते मध्याह्नसम्म सतर्कता अपनाइराख्न सरोकारवाला सम्पूर्णमा अनुरोध छ।

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ। तसर्थ यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
मितिः २०८२/०६/१९, १४:०० बजे
प्रवक्ता, विभूति पोखरेल

प्रकाशित: २०८२ असोज १९ गते आईतबार ०३:३४
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना