२०८३ कार्तिक १३ गते बिहिबार

इब्राहिमोबिचले ४१ वर्षमा लिए फुटबलबाट संन्यास

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २२
Zlatan Ibrahimović2

काठमाडौं – स्विडेन तथा एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट आइतबार राति संन्यासका घोषणा गरेका छन्।

इटालियन क्लब एसी मिलानको सिजनको अन्तिम खेलमा फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।

सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका ४१ वर्षीय इब्राहिमोभिचले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरेका हुन्। फुटबल केरियर सुरु गरेका २४ वर्षपछि उनले संन्यासको घोषणा गरे।

‘मैले फुटबललाई अलविदा भनेको हो तर तपाईलाई होइन,’ सान सिरो रंगशालामा अन्तिम खेलपछि इब्राहोभिचले आइतबार राति भनेका थिए। एकपटक युरोपेली फुटबलबाट हराइसकेका इब्राहिमोबिच केही वर्ष यता मिलानमा खेलिरहेका थिए। अमेरिकामा लिग खेलिरहेका इब्राहिमोविच २०१९ मा एसी मिलान फर्किएका थिए। तर, चोटका कारण उनले यस सिजनमा ४ खेल मात्र खेलेका थिए।

पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेका छन। यसैगरी उनले शीर्ष डिभिजनको फुटबलमा नेरदल्यान्ड्स , इटली, स्पेन र फ्रान्स गरी चार देशमा उपाधि जितेका छन्।

सन् २०११ मा एसी मिलानबाट सिरी ए उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए। जहाँ उनले २०२१ मा मिलानलाई लिग जिताउन सहयोग गरे। मिलानसँग इब्राहिमोविचको सम्झौता यसै महिना सकिदैछ।

तर यस सिजन भने चोटसँग संघर्ष गरेका उनले जम्मा चार खेल खेले। त्यसमा एक खेलमा पहिलो रोजाइमा सुरु गरे ।

उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे। ‘मिलान सहरमा मेरो धेरै भावना छन्। फोर्जा मिलान र अलविदा,’ इब्राहिमोविचले खेलपछिको कुराकानीमा भनेका छन्,‘पहिलो पल्ट म यहाँ आउँदा मलाई खुशी दिनुभयो, दोस्रो पटक माया। तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो। तपाईले मलाई घरमा महसुस गराउनुभयो। म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु।’

प्रोफेसनल फुटबल केरियरमा इब्राहिमोभिचले १४ लिग उपाधिसहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन्। उनी ११ पटक बालोन डी’ओरका लागि मनोनित भएका थिए। करिब पाँच वर्षपछि राष्ट्रिय टिममा पुन फर्किएका उनी स्विडेनका लागि सर्वाधिक गोलकर्ता समेत हुन। उनले स्विडेनका लागि १२२ खेलमा ६२ गोल गरेका छन्।

उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी च्याम्पियन्स लिग हो। सन् २०१७ मा उनले म्यानचेष्टर युनाइटेडबाट युरोपा लिगको भने उपाधि जिते।

इब्राहिमोबिचले सन् १९९९ मा होमटाउन क्लब माल्मोबाट खेल केरियर सुरु गरेका थिए। त्यसको दुई वर्ष पछि उनी आयाक्समा जोडिए।

प्रकाशित: २०८० जेठ २२ गते सोमबार १२:१०
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना