काठमाडौँ– नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी-२०आई सिरिज जितेको छ।
बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै सिरिज ३-२ ले जितेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि रुबी पोदारले सर्वाधिक २६ रन बनाइन्। पूजा महतोले २३ रन तथा रुबिना क्षेत्रीले अविजित १५ रन बनाइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रन बनाएको थियो।
मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन्। नेपालका कविता कुँवर र राजमती ऐरीले समान ३ विकेट लिए।
नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो। दोस्रो खेल ६ विकेटले जित्दा तेस्रो खेलमा १३ रनले परा भएको थियो। यस्तै, चौथो खेलमा मंगलबार ६ विकेटले विजयी भएको थियो।


