काठमाडौं – एएफसी यू–२० महिला कप अन्तर्गतको दोस्रो चरणको छनोट खेल्नका लागि नेपाली टिम म्यानमार पुगेको छ। नेपाली टिम सोमबार विहान १ बजे म्यानमारको यान्गोन पुगेको हो।
नेपाली टिम आइतबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खेल स्थलतर्फ प्रस्थान गरेको थियो।
नेपालले भोलि पहिलो खेलमा म्यानमारविद्ध उसकै घरेलु मैदानमा खेल्नेछ। सो खेल नेपाली समय अनुसार भोली पौने ५ बजेबाट सुरु हुनेछ। यो टिमले यसअघि प्यालेस्टाइनमा पहिलो चरणको छनोट खेलेको थियो।
सो छनोटमा जित निकालेपछि नेपाल दोस्रो चरणका लागि छनोट भएको हो।


