काठमाडौं – फिफा महिला विश्वकपको नवौं संस्करण अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भइरहेको छ। दुई देशमा आयोजना भएको महिला विश्वकपको यो नै पहिलो संस्करण हो। यसअघि कहिल्यै पनि महिला विश्वकप दुई देशमा आयोजना नै भएन।
यो विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ टिमको सहभागिता रहेको छ। यसअघिका दुई संस्करणमा २४ टिमको मात्र सहभागीता गराईएको थियो। २४ टिमको सहभागीता गराउँदै ५२ खेल हुनेमा अहिले ३२ टिम समावेश हुने भएपछि ६४ खेल हुने भएका छन्।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा चार पटकको विजेता संयुक्त राज्य अमेरिका यो वर्ष पनि उपाधिको प्रमुख दावेदार हो। यद्यपी यसअघि जित विजेत बनिसकेको जापानले प्रतियोगितामा ५–० प्रभावसाली जित निकालेको छ।

यो महिला विश्वकपको १० औं खेलमा आएर मात्र सहभागी दुवै टिमले गोल गरेका छन्। विश्वकपको दशौं खेलमा स्विडेनले दक्षिण अफ्रिकामाथि २–१ को जित निकालेको थियो। यसअघिका सबै खेलमा विजेता टिमले मात्र गोल गरेका थिए।

त्यसैगरि फिफ विश्वकपको आफ्नो पहिलो खेलमा दुवै आयोजक देश न्युजिल्यान्ड र अष्ट्रेलियाले जित निकालेका छन्। उनीहरुले समान १–० को जित निकालेका थिए। न्युजिल्यान्डले १९९५ को विजेता नर्वेलाई पहिलो खेलमा स्तब्ध पारेको थियो।
फुटबल महिला विश्वकप न्युजिल्यान्ड र अष्ट्रेलियाका विभिन्न १० सहरमा आयोजना हुँदैछ। यो प्रतियोगिता हेर्नका लागि २० लाखभन्दा धेरै मानिस विश्वका विभिन्न देशबाट अष्ट्रेलिया आउने फिफाका अध्यक्ष जियान्नी एन्फान्टिनोले विश्वास गरेका छन्।

एएफसीले आयोजना गरेको यो तेस्रो प्रतियोगितासमेत हो, यासअघि तीनले दुई विश्वकप आयोजना गरेको थियो। तर यो नै पृथ्वीको दक्षिणी गोलार्धमा आयोजना भएको पहिलो विश्वकप हो।

पुरुष फुटबल विश्वकपलाई विश्वकै ठूलो प्रतियोगिता मानिन्छ। त्यसैले यही खेलको महिलातर्फको प्रतियोगितालाई पनि पछिललो दशकमा प्रतिष्ठत प्रतियोगिताको रुपमा लिइँदै आइरहेको छ। विश्वकपमा एसियाका आयोजकसहित छ देशको सहभागीता रहेको छ।

त्यस्तै, सबैभन्दा धेरै देशहरु भने युरोपका छन्। युइएफएको सदस्य देशसमेत रहेका ११ देशले यो विश्वकप खेलिरहेका छन्। अफ्रिकाका र उत्तर अमेरिकाका समान चार–चार टिम सहभागी रहेका छन्।
दक्षिण अमेरिकाले पनि तीन देशको सहभागीता गराएको छ भने आसिनियाको एक रहेको छ। त्यो एक भनेको आयोजक न्युजिल्यान्ड नै हो। सँगै रहेका अष्ट्रेलियाले एसियाको सदस्यता लिएको छ भने न्युजिल्यान्डले ओसिनियाको सदस्यता लिएको छ। त्यस्तै प्ले अफबाट तीन टिमको टुंगो लागेको थियो। यसरी छनोट भएका ३० र आयोजक दुई गरि ३२ टिमले अहिले महिला फुटबल विश्वकप खेलिरहेका छन्। विश्वकप छनोटको पहिलो चरणमै हार बेहोरेर नेपाल भने बाहिरिएको थियो।






