२०८३ कार्तिक १२ गते बुधबार

महिला विश्वकपमा देखिएका रोचक दृष्य [१५ तस्बिर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
australia-ireland-womens-world-cup-072023

काठमाडौं – फिफा महिला विश्वकपको नवौं संस्करण अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भइरहेको छ। दुई देशमा आयोजना भएको महिला विश्वकपको यो नै पहिलो संस्करण हो। यसअघि कहिल्यै पनि महिला विश्वकप दुई देशमा आयोजना नै भएन।

यो विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ टिमको सहभागिता रहेको छ। यसअघिका दुई संस्करणमा २४ टिमको मात्र सहभागीता गराईएको थियो। २४ टिमको सहभागीता गराउँदै ५२ खेल हुनेमा अहिले ३२ टिम समावेश हुने भएपछि ६४ खेल हुने भएका छन्।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा चार पटकको विजेता संयुक्त राज्य अमेरिका यो वर्ष पनि उपाधिको प्रमुख दावेदार हो। यद्यपी यसअघि जित विजेत बनिसकेको जापानले प्रतियोगितामा ५–० प्रभावसाली जित निकालेको छ।

यो महिला विश्वकपको १० औं खेलमा आएर मात्र सहभागी दुवै टिमले गोल गरेका छन्। विश्वकपको दशौं खेलमा स्विडेनले दक्षिण अफ्रिकामाथि २–१ को जित निकालेको थियो। यसअघिका सबै खेलमा विजेता टिमले मात्र गोल गरेका थिए।

त्यसैगरि फिफ विश्वकपको आफ्नो पहिलो खेलमा दुवै आयोजक देश न्युजिल्यान्ड र अष्ट्रेलियाले जित निकालेका छन्। उनीहरुले समान १–० को जित निकालेका थिए। न्युजिल्यान्डले १९९५ को विजेता नर्वेलाई पहिलो खेलमा स्तब्ध पारेको थियो।

फुटबल महिला विश्वकप न्युजिल्यान्ड र अष्ट्रेलियाका विभिन्न १० सहरमा आयोजना हुँदैछ। यो प्रतियोगिता हेर्नका लागि २० लाखभन्दा धेरै मानिस विश्वका विभिन्न देशबाट अष्ट्रेलिया आउने फिफाका अध्यक्ष जियान्नी एन्फान्टिनोले विश्वास गरेका छन्।

एएफसीले आयोजना गरेको यो तेस्रो प्रतियोगितासमेत हो, यासअघि तीनले दुई विश्वकप आयोजना गरेको थियो। तर यो नै पृथ्वीको दक्षिणी गोलार्धमा आयोजना भएको पहिलो विश्वकप हो।

पुरुष फुटबल विश्वकपलाई विश्वकै ठूलो प्रतियोगिता मानिन्छ। त्यसैले यही खेलको महिलातर्फको प्रतियोगितालाई पनि पछिललो दशकमा प्रतिष्ठत प्रतियोगिताको रुपमा लिइँदै आइरहेको छ। विश्वकपमा एसियाका आयोजकसहित छ देशको सहभागीता रहेको छ।

त्यस्तै, सबैभन्दा धेरै देशहरु भने युरोपका छन्। युइएफएको सदस्य देशसमेत रहेका ११ देशले यो विश्वकप खेलिरहेका छन्। अफ्रिकाका र उत्तर अमेरिकाका समान चार–चार टिम सहभागी रहेका छन्।

दक्षिण अमेरिकाले पनि तीन देशको सहभागीता गराएको छ भने आसिनियाको एक रहेको छ। त्यो एक भनेको आयोजक न्युजिल्यान्ड नै हो। सँगै रहेका अष्ट्रेलियाले एसियाको सदस्यता लिएको छ भने न्युजिल्यान्डले ओसिनियाको सदस्यता लिएको छ। त्यस्तै प्ले अफबाट तीन टिमको टुंगो लागेको थियो। यसरी छनोट भएका ३० र आयोजक दुई गरि ३२ टिमले अहिले महिला फुटबल विश्वकप खेलिरहेका छन्। विश्वकप छनोटको पहिलो चरणमै हार बेहोरेर नेपाल भने बाहिरिएको थियो।

      

प्रकाशित: २०८० साउन ७ गते आईतबार ०२:००
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना