काठमाडौं। लगातार बढीरहेको सुनको मूल्यमा शुक्रबार गिरावट आएको छ। बिहीबारको तुलनामा सुन चार हजार दुई सय रुपैयाँ सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चार हजार दुई सय घटेर दुई लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकोमा तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तरर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ३५ सय आठ अमेरिकी डलरमा कारोबार भएको छ।


