काठमाडौं। कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ। नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे तरलता प्रशोचन गर्दै आएको छ। बैंकिङ प्रणालीमा अधिक भएको तरलता तानिरहेको राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ बैंकमा राख्न लागेको छ।
वाणिज्य बैंकमा दुई अर्ब ६४ करोड, विकास बैंकमा ४९ करोड ५० लाख र वित्त कम्पनीहरुमा १६ करोड ५० लाख रुपैयाँ मुद्धति निक्षेपमा राख्न लागेको हो। मुद्धति निक्षेपमा राख्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको ब्याजदरसहित प्रस्ताव मागेको छ।
लगानीयोग्य रकम मध्ये मिति २०२५ अक्टोबर ३० देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनको मुद्दती निक्षेपमा राख्न लागेको छ। तरलताले गर्दा अहिले बैंकमा मुद्धति निक्षेपको ब्याजदर तीन प्रतिशत हारहारीमा छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ। यस्तै ५६ खर्ब २६ अर्ब रुपैयाँ मात्र लगानी भएको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.६६ प्रतिशत रहेको छ। बैंकिङ प्रणालीमा आठ खर्ब रुपैयाँ बढी अधिक तरलता रहेको छ।


