२०८३ साउन १३ गते बुधबार

बाजुराकी अनमी थापा जसले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
Photo (3) (1)

बाजुरा। बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन्।

गौमुल गाउँपालिका–१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन्।

निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाको टाउको पेटमा अड्किएको थियो भने खुट्टा बाहिर निस्केका थिए । स्वास्थ्यकर्मीले हातले शिशु निकालेका हुन्।

जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् । बच्चाको मृत्यु भइसकेको भनेर छाडेका थियौ अनमी रमा थापाले बताइन । फेरि पनि श्वास जाग्छ कि भनेर लगातार श्वास दियौ विस्तारै बच्चाको मुटुको धड्कन चलेको अनमी थापाले बताइन्।

‘दिउँसो पौने ४ बजे जन्मेको शिशुले रातीको करिब साढे ९ बजेतिर लगातार कृत्रिम श्वास दिएपछि बच्चाले अलि बढी श्वास फेर्न सुरु गरेको थापाको भनाइ छ।

कृत्रिम श्वासले लामो समयपछि श्वास फेरेपछि बच्चा बाँच्ने आश जाग्यो । त्यसपछि शिशु रुएपछि फेरि पनि श्वास दिदै गयौं। चम्चाले दुध खुवायौ, त्यसपछि विस्तारै बच्चाको स्वास्थ्यमा सुधार आयो,’, अनमी थापाले भनिन्।

जोखिम अवस्था सुत्केरी पनि गराएकी निशा र बच्चाको अवस्था अहिले सामान्य छ।  माडी सामुदायिक स्वास्थ्य संस्थामा अहिलेसम्म यातायातका साधन पुग्न सकेका छैन। सडक सञ्जाल नपुग्दा यहाँका कयौं आमाहरुले समस्या भोग्नुपर्ने बाध्यता रहेको छ।

माडी सामुदायिक स्वास्थ्य ईकाई विगत दुई वर्षदेखि सेवा दिँदै आइ रहेको छ । दुर्गममा स्वास्थ्य सेवाको पहुँच पुगाउन दुई बर्ष पहिला स्वास्थ्य संस्था स्थापना गरिएको थियो । गौमुलको वडा नम्बर १ बाहेक अन्य वडामा सहज यातायातको पहुँच रहेको छ तर त्यहाँ पुग्न सकेको छैन् । यातायातका साधन सञ्चालनको लागि सडक निर्माण कार्य जारी छ।

दुर्गमका आमाहरुका पीडा, राज्य संयन्त्र मौन
जिल्लामा स्वास्थ्य संस्था टाढा हुँदा समयमै गर्भवती आमालाई स्वास्थ्य संस्था पुर्याउन नसक्ने अवस्था छ। तर उनीहरुको उद्दारको लागि राज्य संयन्त्रले पनि ध्यान दिएको पाइँदैन।

विकट जिल्लाको रुपमा परिचित बाजुरा पनि यो समस्याबाट अछुत छैन। बाजुरामा यस्ता खाले घटनाहरु कयौं घटिरहेका हुन्छन्। जिल्लामा पाँच बर्ष यता मात्रै समयमै सुत्केरीको हवाई उद्धार नहुँदा दर्जनौ सुत्केरी आमाहरुको मृत्यु भएको छ।

नौं वटा स्थानीय तह भएको जिल्ला अझै पनि विकासका हिसाबले पछाडि छ। अझ भनौ गर्भवती सुत्केरी आमाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता झन विकराल छ । यहाँ गर्भवती सुत्केरी आमाहरुलाई स्वास्थ्य संस्था पुर्याउन घण्टौ हिड्नुपर्ने अवस्था छ । यातायातको सुविधामा कवा विरामीलाई स्टेचर वा डोकोमा हालेर अस्पताल लैजानुपर्ने बाध्यता छ । सुत्केरी आमाहरुलाई उद्धारको लागि जहाज कुर्दाकुर्दै उनीहरुको ज्यान जाने अवस्था छ।

यहाँका आमाहरुले बाटोमै बच्चा जन्माउन बाध्य छन्। समयमै सहज उपचार पाउँन सकेका छैनन्। सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार कार्यक्रम बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी छ । बाजुरामा अस्पताल पुग्न सुत्केरी महिलाहरुलाई हम्मेहम्मे पर्ने गरेको छ।

उचित किसिमको बाटोघाटो,यातायातको सुविधा नहुदा उनीहरुले पीडा भोग्नुपर्ने बाध्यता छ। समयमै अस्पताल पुर्याउन नसक्दा कतिपय आमाहरुले आफ्ना सन्तान गुमाएका छन्।

प्रकाशित: २०८२ असोज २८ गते मङ्गलबार ०४:३८
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना