२०८३ कार्तिक १३ गते बिहिबार

कोशीमा मुख्यमन्त्री पाए एमालेसँगको सहकार्य तोड्न माओवादी तयार!

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २२
indra_angbo

काठमाडौँ- कोशी प्रदेशमा नेकपा एमालेसँग सत्ता साझेदारी गरिरहेको नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको छ। आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु गर्न उसले समितिसमेत गठन गरेको छ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो। बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेको छैन। उसले आफ्नो दललाई मुख्यमन्त्री सुनिश्चित भएपछि मात्र नयाँ सरकार गठनका विषयमा सोच्न सकिने बताउँदै आएको छ।

‘भोलि प्रदेशका थप नेताहरु समेत बसेर निर्णय लिन्छौं। हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँ। समर्थन फिर्ता लिने विषयमा भोलि थप छलफल हुन्छ,’ मा‌ओवादी केन्द्रका सांसद गणेश उप्रेतीले भने,’आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार बन्दा आफ्नो दललाई मुख्यमन्त्री दिने गरी प्रदेशसभाका दल, केन्द्रीय गठबन्धन र पार्टीको माथिल्लो निकायसँग वार्ता गर्न समिति गठन गर्ने निर्णय गरेको हो।’

उनका अनुसार आफ्नै नेतृत्वमा सरकार बनाउन तीन सदस्यीय पहल समिति बनाइएको छ। सरकारमा सहभागी मन्त्रीहरू सदस्य रहेको समितिमा संसदीय दलका नेता इन्द्र आङ्बो संयोजक छन्। माओवादीबाट जीवन आचार्य र दुर्गाप्रसाद चापागाईँ मन्त्रीको जिम्मेवारीमा छन्।  माओवादीबाट मुख्यमन्त्री बन्दा आङ्बोको दाबी रहने बताइएको छ।

स्रोतका अनुसार माओवादीका केही सांसद हिक्मतबहादुर कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने पक्षमा छैनन् भने केहीले फिर्ता लिनुपर्ने बताएका छन्। भोलिसम्ममा साझा मत बनाउने नेताहरु बताउँछन्।

जेठ १७ गते जनता समाजवादी पार्टी (जसपा)ले कोसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री पदबाट निर्मला लिम्बूले राजीनामा दिएकी थिइन्। बुधबार उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी थिइन्।

९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाकी एक्ली सांसद (प्रदेशसभा सदस्य) हुन्। उनी गत पुस २५ गते प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि लिम्बूले प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्देशन मानेर पदबाट राजीनामा दिएको बताएकी थिइन्।

कोशी प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न पटक-पटक आग्रह गर्दा सरकारले नमानेका कारण पदमा बसिरहन नैतिकताले पनि नदिएको उनको भनाइ थियो।

उता नेपाली कांग्रेसका १४ जना जिल्ला सभापतिहरूले पनि पहिचान पक्षधरको आन्दोलनले प्रदेश अशान्त बनेको भन्दै तत्काल पुनर्विचार गर्न पार्टी नेतृत्वसँग माग गरेको छ। उसले यसअघि नै सरकारबाट बाहिरिन माओवादीलाई आग्रह गरेको थियो।

पहिचान पक्षधरको माग सम्बोधनका लागि पहल र नयाँ सरकार गठनको प्रयास प्रदेशमा सँगसँगै भइरहेको छ।

प्रकाशित: २०८० जेठ २२ गते सोमबार ०७:३७
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना