२०८३ कार्तिक १६ गते आईतबार

एमालेको ११औँ महाधिवेशन मंसिर २७-२९ गर्न प्रस्ताव, स्थान पोखरा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
RSS-KTMuml
एमालेको केन्द्रीय कमिटी बैठक ललितपुर, २९ असोजः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै। तस्बिर: रासस

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशन मंसिर २७, २८ र २९ गते गर्न प्रस्ताव गरेका छन्। बुधबारको केन्द्रीय कमिटी बैठकमा ओलीले पोखरामा मंसिर २७-२९ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

ओलीको उक्त प्रस्तावमाथि छलफल गरेर केन्द्रीय कमिटीले निर्णय गर्नेछ। केन्द्रीय कमिटी बैठकपछि मात्रै महाधिवेशनको मिति औपचारिक रूपमा टुंगो लाग्नेछ।

बुधबारको बैठकमा प्रतिवेदन पेस गर्दै ओलीले गत भदौ २३-२४ गते जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले २३ गतेको शान्तिपूर्ण आन्दोलनका क्रममा विभिन्न अपरिचित, शंकास्पद र हिंस्रक समूहहरू घुसपैठ गरेर निषेधित क्षेत्र तोड्न, जेन जी युवाहरूलाई घेरेर संसद भवन घेर्न, पर्खाल भत्काउन, भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुऱ्याइएको र त्यसो गर्न भड्काइएको बताएका छन्।

‘संसद् भवनमाथि आक्रमण, गोलीप्रहार र हत्या… भदौ २३ गते माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न अपरिचित, शंकास्पद र हिंस्रक समूहहरू घुसपैठ गरेर निषेधित क्षेत्र तोड्न, जेन जी युवाहरूलाई घेरेर संसद भवन घेर्न, पर्खाल भत्काउन, भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुऱ्याइएको र त्यसो गर्न भड्काइएको यथार्थ विभिन्न तथ्यहरू मार्फत् बाहिर आइसकेको थियो,’ ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘त्यस्तो स्थिति कसरी सिर्जना भयो? सम्भाव्य घुसपैठको आंकलन गरेर आवश्यक सुरक्षा सतर्कता किन अपनाइएन र किन गोली चल्ने परिस्थिति निर्माण भयो? यो सुरक्षा त्रुटि मात्रै थियो कि त्यसमा अरू स्वार्थहरू पनि अन्तरनिहित थिए? त्यति ठुलो सङ्ख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो? यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई कानुन दण्डित गर्नु जरुरी छ।’

उनले २४ गतेको तोडफोड र विध्वंस लामो तयारीसहितको सुनियोजित आक्रमण भएको आरोप लगाएका छन्। जसको उद्देश्य सरकार परिवर्तन गर्ने मात्र नभई मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई नै समाप्त पारेर मुलुकलाई भूराजनीतिक भुँवरीमा फसाउने, मुलुकको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने र देशलाई अस्थिरता र अराजकतातिर धकेल्ने भएको उनले बताएका छन्।

यसैगरी उनले आफूले संसद् भित्रबाट नयाँ सरकार बनाउन सिफारिस गरेको भन्दै उनले अहिलेको सरकार त्यसभन्दा उल्टो संविधानविपरीत बनेको बताएका छन्।

प्रकाशित: २०८२ असोज २९ गते बुधबार ०३:०५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना