काठमाडौँ: सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने भएकव छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका र चीनसहित जर्मनी, बेलायत, जापान, रुस, इजरायल, कतार, साउदी अरब, मलेसिया र स्पेनका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारले राजदूतहरू लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली(चीन), शैल रुपाखेती (जर्मनी), चन्द्रकुमार घिमिरे (बेलायत), डा. दुर्गाबहादुर सुवेदी (जापान), जंगबहादुर चौहान (रुस), धनप्रसाद पण्डित (इजरायल), रमेशचन्द्र पौडेल (कतार), नरेशविक्रम ढकाल (साउदी अरब), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया) र शनिल नेपाल (स्पेन)लाई फिर्ता बोलाउने निर्णय गरेको हो।
फिर्ता बोलाउने निर्णय भएका राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र निर्देशन दिइएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।


