काठमाडौँ: सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २० गते पदावधि सकिन लागेका १९ सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले उक्त जानकारी दिए।
राष्ट्रियसभा सदस्यको पदावधि सकिन एक महिनाअगाडि नै पदपूर्ति गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।
फागुन २० देखि क-कसको कार्यकाल सकिँदैछ?
संघीय संसद् सचिवालयअनुसार फागुन २० गतेदेखि ८ नेकपा एमाले, ७ नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)का १/१ राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदैछ। यसैगरी मनोनीत सदस्य बामदेव गौतमको पदावधि पनि सोही मितिदेखि सकिँदैछ।
यी हुन् फागुनदेखि बिदा हुने राष्ट्रियसभा सदस्य
नेकपा (एमाले)बाट
१. इन्दिरा देवी गौतम – कोशी प्रदेश, महिला क्लस्टर
२. देवेन्द्र दाहाल – कोशी प्रदेश, अन्य क्लस्टर
३. तुलसा कुमारी दाहाल – मधेस प्रदेश, महिला क्लस्टर
४. भागवती न्यौपाने – गण्डकी प्रदेश, महिला क्लस्टर
५. गोपाल भट्टराई – लुम्बिनी प्रदेश, अन्य क्लस्टर
६. बिमला घिमिरे – लुम्बिनी प्रदेश, महिला क्लस्टर
७. सुमित्रा बिसी – कर्णाली प्रदेश, महिला क्लस्टर
८. शारदा देवी भट्ट – सुदूरपश्चिम प्रदेश, महिला क्लस्टर
नेकपा (माओवादी केन्द्र)बाट
९. गोपीबहादुर सार्की अछामी – कोशी प्रदेश, दलित क्लस्टर
१०. गंगा कुमारी बेलबासे – बागमती प्रदेश, महिला क्लस्टर
११. जगप्रसाद शर्मा – लुम्बिनी प्रदेश, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय क्लस्टर
१२. तारामान स्वार – सुदूरपश्चिम प्रदेश, अन्य क्लस्टर
१३. नारायणकाजी श्रेष्ठ – गण्डकी प्रदेश, अन्य क्लस्टर
१४. मायाप्रसाद शर्मा – कर्णाली प्रदेश, अन्य क्लस्टर
१५. राधेश्याम पासवान – मधेस प्रदेश, दलित क्लस्टर
नेकपा (एकीकृत समाजवादी)बाट
१६. डा. बेदुराम भुसाल – बागमती प्रदेश, अन्य क्लस्टर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट
१७. शेखरकुमार सिंह – मधेस प्रदेश, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय क्लस्टर
जनता समाजवादी पार्टी (जसपा)बाट
१८. मृगेन्द्र सिंह यादव – मधेस प्रदेश, अन्य क्लस्टर
राष्ट्रपतिको मनोनीत सदस्य
१९. वामदेव गौतम – राष्ट्रपतिद्वारा मनोनीत सदस्य


