काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १७ गते कतार प्रस्थान गर्ने भएका छन्।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा हुने चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले कतारको राजधानी दोहामा आयोजना हुने ‘सेकेन्ड वल्ड समिट फर सोसल डेभलप्मेन्ट’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नेछन्। भ्रमण यही कात्तिक १७ देखि २० गतेसम्म हुनेछ।
यी हुन् मन्त्रिपरिषदका अन्य निर्णयहरू
–राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते आइतबारका दिन हुने तय।
–नेपाल–मोरिससबीच भएको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय।
–संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय, जसअनुसार सांसदहरूको स्वकीय सचिवालयको दरबन्दी घटाइने।
–छापाखाना तथा प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत, जसअनुसार अनलाइन दर्ता र नवीकरण प्रक्रियालाई व्यवस्थित गरिनेछ।


