बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै छ। आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ।
हाल देशभरि सामान्यतया मौसम बदली भएको छ। काठमाडौं उपत्यकाको आकाशमा सामान्य बादल देख्न सकिन्छ । आज पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ।












