२०८३ असोज २३ गते शुक्रबार

प्रधानमन्त्री कार्कीको निर्देशनले सुध्रिएला नेपाल वायुसेवा निगम?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
nepal_airlines_305510620

काठमाडौँ: राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगममा लामो समयदेखि कायम रहेको बेथितिले संकटग्रस्त बन्दै गएको छ। यसैबीचमा प्रधानमन्त्री सुशीला कार्कीले निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिएका छन्।

निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्न लायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिए। निगम व्यवस्थापनलाई आज आफ्नो कार्यकक्षमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निगमका विमानको नियमित मर्मतसम्भारलगायत काममा बेथिति रोक्ने, आर्थिक अनियमितता हुन नदिने, सुशासन कायम गर्न जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निगम कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाएका थिए। उक्त अवसरमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम १७ अर्ब रुपैयाँ भन्दा बढीको सञ्चित नोक्सानीमा रहेको जानकारी दिए। भारतमा नरेन्द्र मोदी नेतृत्व सरकारले राष्ट्रिय ध्वजावाहक एयर इन्डिया लिमिटेडलाई सञ्चालन गर्न नसकेपछि कोरोना महामारीकाल २०७८ असोजमा प्रतिष्ठित व्यावसायिक घराना टाटा सन्स लिमिटेडलाई सबै स्वामित्व बिक्री गरेको थियो।

एयर इन्डिया निरन्तर घाटामा जान थालेपछि सरकारलाई वित्तीय बोझ बढ्दै गएको थियो। सरकारले दायित्व थेग्न नसक्ने अवस्था आएपछि मोदी सरकारले अन्तिम समयमा आएर टाटा एन्ड सन्सलाई एयर इन्डियाको सबै स्वामित्व बिक्री गर्यो।

टाटाले लिएपछि एयर इन्डिया नोक्सानमा रहेको कुरा बाहिर आएको छैन भने नयाँ विमान थपेर बजार विस्तारमा आक्रामक रुपमा लागेको देखिएको छ। सरकारको हातबाट निजी क्षेत्रमा गएपछि एयर इन्डियाको अवस्थामा ठूलो परिवर्तन आएको छ। यता सन् २०१४ मा नेपाली र तिब्बत एयरको लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सको सञ्चालन अवस्था राम्रो छ। हिमालयन एयरलाइन्सले राम्रो प्रगति गरिरहेका बेला सरकार स्वामित्वको नेपाल वायुसेवा निगम समस्यामा पर्दै गएको छ। सन् २०१६ बाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयले अहिले चारवटा जहाजमार्फत विभिन्न गन्तव्यमा नियमित उडान भर्दै आएको छ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, जापानको नारिता,कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ। सञ्चालनमा आएको ६७ वर्षमा निगमले शाख निरन्तर गुमाइरहेको छ भने ऋण दायित्व बढेर ५० अर्ब रुपैयाँ पुगेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट विमान खरिद गर्न लिएको ३० अर्ब रुपैयाँ ऋण तिर्न सकेको छैन।

वि.सं. २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट हवाइ सेवा प्रारम्भ गरेको थियो। यस्तो अवस्थामा निगमलाई निजीकरणको विकल्प नभएको देखाएको छ। निजीकरणका लागि यसअघि भएका पटक–पटकका प्रयास पनि असफल हुँदै आएका छन्।

सबैभन्दा बढी घाटा बेहोर्ने वायुसेवा निगम
आर्थिक वर्ष २०८०–०८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम रहेको अर्थ मन्त्रालयले देखाएको छ। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०–०८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ।

निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर घाटा बढ्दै गएको वार्षिक समीक्षामा उल्लेख छ।

निगमको नोक्सान एक अर्ब चार करोड रुपैयाँ थपिएको छ भने खुद सम्पत्ति पाँच अर्ब ५३ करोड ५९ रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ। निगमसँग अहिले एयरबसको ३२० दुई र ३३० को दुई गरी चार जहाज सञ्चालनमा छन्। समय समयमा कर्मचारीहरुको मिलेमतोमा प्राविधिक समस्या देखाएर विमानहरु ग्राउन्डेड गरिँदै आएको छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा निगमको क्षमता विस्तार, गुणस्तर सुधार र व्यावसायिकता विकास गर्न सार्वजनिक कम्पनीमा रूपान्तरण, व्यवस्थापन करार र सक्षम अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग रणनीतिक साझेदारी गरिने भनिएको छ। बजेटमा आए पनि यसको कार्यान्वयनका लागि पहल भएको छैन्।

गत आर्थिक वर्षको बजेटमा पनि सरकारले निगमको व्यवस्थापन तथा सञ्चालनमा रणनीतिक साझेदारको सहभागिता गराइने उल्लेख गरे पनि काम अघि बढेको छैन। गत चैतमा बसेको प्रतिनिधिसभाको बैठकमा निजीकरण सम्बन्धी विधेयकको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले वायुसेवा निगम सरकारले स्वामित्व कायम राख्दा राजस्वको ठूलो रकम निगमको घाटा पूर्तिमा मात्र खर्च गर्नुपर्ने बताएका थिए।

उनले निगमको बहुमत सेयर निजी क्षेत्रलाई नदिने हो भने अब निगम चलाउन नसकिने उनले स्पष्ट पारेका थिए।

निगम सुधार सुझाव दराजमा बन्द
वायुसेवा निगमलाई सुधार गर्न विभिन्न समिति बने तर ती सुझाव कार्यान्वयन हुन सकेको छैन। सबै सुझावहरु अहिले कार्यान्वयन हुनुको साटो दराजमा बन्द रहेका छन् । पछिल्लो समयमा गठन भएका कुनै पनि समितिले दिएको सुझाव निगम व्यवस्थापनले कार्यान्वयन गरेको छैन।

गत चैत २९ मा उच्चस्तरीय आर्थिक सधार सझाव आयोगको प्रतिवेदनको आर्थिक सधारको मार्गचित्रमा वायुसेवा निगमको पुनर्संरचना गरी वाह्य रणनीतिक साझेदार भित्र्याएर व्यावसायिक ढंगले व्यवस्थापन गर्ने, संस्थालाई व्यावसायिक बनाउन केही समयको लागि विदेशी व्यवस्थापनलाई दिइनु उपयुक्त हुने सुझाव दिएको छ।

सार्वजनिक संस्थानहरूलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरी सर्वसाधारणलाई सेयर बिक्री र बन्ड जारी गरेर लगानीको लागि पुँजी परिचालन गर्न सक्ने व्यवस्था गर्न आयोगले सुझाव दिएको थियो। राष्ट्रिय योजना आयोगले २०७८ मंसिर २८ गते पर्यटन नीति, २०६५ को नीति पुनरवलोकन अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै निगमलाई कानुनी हैसियतमा सुधार गर्न पब्लिकमा परिणत गरी रणनीतिक साझेदार ल्याउन सरकारलाई सुझाव दिएको थियो।

प्रतिवेदनमा निगमको व्यवस्थापन सुधार निश्चित अवधिका लागि व्यवस्थापन करारमा दिई व्यवस्थापकीय सुधार आएपछि प्रत्येक वर्ष निश्चित संख्यामा अन्तर्राष्ट्रिय तथा घरेलु उडानका लागि जहाज थप्न सकिने देखाएको थियो। यसैगरी २०५९ मा राष्ट्रिय योजना आयोगका सदस्य ९अहिले भारतका लागि नेपालका राजदुत डा. शंकर शर्माको संयोजकत्वमा गठित उच्चस्तरीय कार्ययोजना समितिले पनि निगमको निजीकरण वा नयाँ वायुसेवा कम्पनी स्थापना गरी निगमलाई विघटन गर्ने दुई विकल्प दिएको थियो।

शर्माको प्रतिवेदनले निगमलाई लिमिटेडमा लैजानुपर्नेमा जोड दिँदै सर्वसाधारणसहित विदेशी साझेदार, पर्यटन व्यवसायी र कर्मचारीलाई साझेदार बनाउन सुझाएको थियो । समितिले त्यति बेला १० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने सुझाव दिएको थियो। २०६२ सालमा केदारलाल जोशीको संयोजकत्वमा बनेको निगम सुधार सुझाव कार्यदलले पनि तत्कालै निगम विघटन गरी नयाँ सीमित दायित्वको कम्पनी खडा गर्न सुझाव दियो। त्यसैगरी २०६७ सालमा पनि तत्कालीन पर्यटन मन्त्रालयका सहसचिव मुरारीबहादुर कार्कीको संयोजकत्वमा एक समिति बनेको थियो।

उक्त समितिले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको थियो । पर्यटन मन्त्री भएपछि योगेश भट्टराईले २०७६ मा पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा निगम सुधार कार्यदल बनाएका थिए। उक्त कार्यदलले पनि निगमलाई यथास्थितिमा सुधार गर्न नसकिने भन्दै कम्पनी मोडलमै लैजानुपर्नेमा जोड दिएको थियो । यता तत्कालीन पर्यटन मन्त्री सुदन किराँतीले पनि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समिति बनाएका थिए।

यसअघि निगम सुधार्न क्षेत्री नेतृत्वको समितिले मन्त्री किराँतीलाई चौथो प्रतिवेदन बुझाएको थियो। समितिले निगमको आर्थिक अवस्था सुधारका सोल्टी होटलको सेयर बेचरे जहाज खरिद गर्न सुझाइएको छ। प्रतिवेदन कार्यान्वयन गर्न पूर्वक्याप्टेन कुलबहादुर लिम्बूको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिले बुझाएको प्रतिवेदनमा मुख्य गरी चार बुँदा समावेश गरिएको छ।

आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्न सुझाएको थियो।

प्रकाशित: २०८२ कार्तिक १६ गते आईतबार ०६:०८
प्रतिक्रिया

थप समाचार

विद्युत नियमन आयोगको वार्षिक प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता,...

अस्ट्रेलियाद्धारा थप डेढ करोड डलर सहयोगको घोषणा

काठमाडौं। नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्। मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री...

निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं। नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको नीतिमा समेट्ने प्रस्ताव अघि सारेको...

रसुवा बाढीले आर्थिक वृद्धि सुस्ताउने, ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विकास साझेदार विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण सार्वजनिक गरेको छ। गत भदौ १० मा आएको भोटेकोसी त्रिशूली विनाशकारी बाढीका कारण उद्योग तथा...

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना