काठमाडौं। सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न लागेको छ। उनलाई पदमुक्त गर्न मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गरी उनको ठाउँमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
पदीय गरिमा विपरित एक होटलमा बसेर उज्यालो नहुँदै विहान नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएपछि उनको पद गुमेको हो।
पदमुक्त गरिएकी भण्डारी ०८० फागुनमा नेकपा एमालेको तर्फबाट प्रदेश प्रमुख बनेकी थिइन्।


