काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा आज चितवन राइनोज र कर्णाली याक्सबीच भएको खेलमा कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६६ रन बनायो।
कर्णालीबाट ओपनर प्रियाङक पन्चलले ७ चौका र ६ छक्काको मद्दतमा ९० रन बनाए। उनी ४८ बलमा रवि वोपारको बलमा देव खनालको हातबाट क्याच आउट भए।
अर्का ओपनर म्याक्स ओ डाउड ६ बलमा २ रन बनाउँदै सैफ जैवको बलमा बोल्ड आउट भए। १६ रनको योगदान दिएका मार्क वाट सोहेल तनविरको बलमा क्याच आउट भए।
यस्तै पवन शरार्फले २७ र नजिबुल्लाह जड्रान ४ रन बनाउँदै अविजित रहे। पवनले १६ बलमा २७ रनको योगदान दिए।
चितवनका तर्फबाट शैब जेब, रवी बोपरा र सोहिल तनविरले एक–एक विकेट लिए ।


