काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली एक्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६६ रन बनाउँदै १७७ रनको लक्ष्य दिएको थियो। चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको हो।
चितवनका तर्फबाट रवि बोपाराले ३६ बलमा तीन चौका र तीन छक्कासहित अर्धसतक पार ५२ रन बनाए। यस्तै दीपक बोहराले ४२, कुशल मल्लले २० र सैफ अली जैबले ३८ रनको योगदान गरे।
कर्णालीका तर्फबाट सोमपाल कामीले दुई तथा युनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक–एक विकेट लिए।
पहिले ब्याटिङ गरेको कर्णालीबाट ओपनर प्रियाङक पन्चलले ७ चौका र ६ छक्काको मद्दतमा ९० रन बनाएका थिए। उनी ४८ बलमा रवि वोपारको बलमा देव खनालको हातबाट क्याच आउट भए।
अर्का ओपनर म्याक्स ओ डाउड ६ बलमा २ रन बनाउँदै सैफ जैवको बलमा बोल्ड आउट भए। १६ रनको योगदान दिएका मार्क वाट सोहेल तनविरको बलमा क्याच आउट भए। यस्तै पवन शरार्फले २७ र नजिबुल्लाह जड्रान ४ रन बनाउँदै अविजित रहे। पवनले १६ बलमा २७ रनको योगदान दिए।
चितवनका तर्फबाट शैब जेब, रवी बोपरा र सोहिल तनविरले एक–एक विकेट लिएका थिए।


