२०८३ कार्तिक १६ गते आईतबार

मंगलबारको मन्त्रिपरिषद् बैठकका यी हुन् २५ निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
jagasish

काठमाडौँ: मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका २५ वटा निर्णय सार्वजनिक गरिएको छ। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन्।

यी हुन् निर्णयहरु
१.मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने United Nations Convention Against Corruption -UNCAC_ को १Session of the Conference of the State Parties -COSP–११) मा सहभागी हुन सचिव गोविन्दबहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने।
२.संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
३.प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने।
४.नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी पेस गर्न प्रकाशजङ्ग थापा, काठमाडौंको संयोजकत्वमा नेपाल स्टक एक्सचेञ्ज सुझाव लिमिटेडको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने।
५..विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फवाट विद्य बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।
६.२०८२ मङ्सिर ६ गते साउदी अरेवियाको रियादमा आयोजना हुने Eleventh Ministerial Conference of the Least Developed Countries -LDCMC! सहभागी हुन सचिव (उद्योग) कृष्ण बहादुर राउतलाई स्वीकृति प्रदान गर्ने।
७.जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिदान्त स्वीकृत गर्ने।
८.२०८२ मङ्सिर ८ मा भारतको नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रम र २०८२ मङ्सिर १० मा भारतको नयाँदिल्ली स्थित सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने।
९..नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
१०.नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका ४ जना मलेसियन नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने।
११.जापानका लागि नेपालका पूर्वराजदूत डा. मदन कुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्नेOrder of Japan -The Order of the Rising Sun, Gold and Silver Star_ तथा काठमाडौंस्थित जापानी दूताबासको पूर्वकर्मचारी मती रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने। Onder of Japan -The Order of the Sacred Treasure, Gold and Silver Ray) विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने।
१२.शसस्त्र प्रहरी (चौैथो संशोधन)नियमावली,२०८२ स्वीकृत गर्ने।
१३.२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका २४२९ जनालाई जनही रू.१५,०००÷– तत्काल राहत रकम उपलब्ध गराउने।
१४.माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति बस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को बनुसूची १२ मा हेरफेर गर्ने।
१५..सशस्त्र प्रहरी बल, नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
१६.२०२५ डिसेम्बर २ देखि ४ सम्म दोहामा आयोजना हुने Forging Ambitious Global Partnership for Sustainable and Resilient Graduation of Least Developed Countries विषयक उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई स्वीकृति दिने।
१७.दार्चुला जिल्ला साविक धाप गा.वि.स. वडा नं. ४ को सार्वजनिक पर्ति जग्गामध्ये १५–१३–३–२ रोपनी जग्गा दार्चुला भन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृति दिने।
१८.ईन्धन प्रणालीमा बातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा तीन वर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने।
१९.२०८२ मङ्सिर १५ देखि १७ गतेसम्म दक्षिण कोरियाको सोलमा आयोजना हुने Building Care Movement–Technical Assistance Facility Transforming Care Systems in the Context of Demographic Shifts कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
२०.नेपाली सेनाका दुई जा महासेनानीहरुलाई सहायक रथी दर्जामा बढुवा गर्ने।
२१Land Forces Talks -LFT_को चैटौ बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा आयोजना गर्न स्वीकृति दिने।
२२.वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (अबकय गर्न पूर्वस्वीकृति प्रदान गर्ने।
२३.हाल भईरहेको छनोट प्रक्रियावाट नेपाल वायुसेवा निगमको महत्प्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी संचालकको रूपमा नियुक्त गर्ने।
२४.मर्चवारी गाउँपालिका रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र बडा न. ३ रायपुरवाट परिवर्तन गरी बंडा नं. ४ खैरा कायम गर्ने।
२५.शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. पना कुमारी चेष्ठ, नवलपरासीलाई तोक्ने।

प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०५:३२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना