२०८३ कार्तिक २४ गते सोमबार

जुटखेती मासेर धानखेतीमा किसान, उद्योग बन्द

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
jut
Exports of finished jute goods to India in the first two months of this fiscal year were worth Rs700 million. POST FILE PHOTO

विराटनगर। पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका किसान नगदे बाली जुटखेती मासेर धानखेतीमा लागेका छन्।

जुट उत्पादन गर्ने किसानको बजार सुनिश्चित हुन नसक्दा उनीहरुले जुटखेती लगाउन छाडेका हुन्। जुटखेती उत्पादन घटेसँगै कच्चापदार्थको अभावमा स्थानीय जुट उद्योग बन्द हुन थालेका छन्।

जुट प्रशोधनका लागि आवश्यक पानीका नाला तथा घोल लोप हुँदै गएको र प्लाष्टिकजन्य उत्पादनले बजार लिएको स्थानीय किसान बताउँछन्।

भारत तथा बङ्गलादेशबाट उत्पादित जुटका कारण प्रतिस्पर्धा गर्न कठिन भएपछि जुटखेती फस्टाउन नसकेको उनीहरुको भनाइ छ।

सुनसरीस्थित जुट अनुसन्धान कार्यालयका अनुसार यस वर्ष देशभरिमा कूल ११ हजार हेक्टर जग्गामा जुटखेती भएको छ। जुटखेतीतर्फ आकर्षण घटेपछि उत्पादन घटेको र मूल्य भने बढेको छ।

मोरङमा सात हजार, सुनसरी र झापामा दुई हजारका दरले चार हजार गरी जम्मा ११ हजार हेक्टर जमिनमा जुटखेती हुने गरेको सो कार्यालयले जनाएको छ।

यसैगरी, पश्चिम नेपालको कैलाली र बर्दियामा करिब २०० हेक्टरमा जुटखेती हुने गरेको छ। प्रतिहेक्टर एक मेट्रिकटनदेखि डेढ मेट्रिकटन उत्पादन हुने जुट यसपटक घटेको कार्यालयका प्रमुख सन्तोष त्रिपाठीले जानकारी दिए। पूर्वी तराईका तीन जिल्लामा प्रशस्तमात्रामा जुटखेती हुने गरेकामा पछिल्ला वर्षमा क्रमशः घट्दै गएको छ।

कार्यालय प्रमुख त्रिपाठीका अनुसार अनुसन्धान कार्यालय परिसरमा १० हेक्टर जग्गामा जुटको बीउ उत्पादन हुने गरेको छ।

इटहरी उपमहानगरपालिकाको– १, २ र ४ मा उन्नत जातका बीउ उत्पादन गरी परीक्षणसमेत भइसकेको र अब वडा नंं ६ र ८ मा पनि बीउ उत्पादन गर्ने लक्ष्यका साथ तयारी अघि बढेको छ।

नेपालमा केही वर्षअघिसम्म साना–ठूला गरी ११ वटा जुट उद्योग सञ्चालनमा थिए। हाल छ वटा मात्र सञ्चालनमा छन्। जसमध्ये सुनसरीको अरिहन्त फाइवर मल्टिपल उद्योग सबैभन्दा ठूलो उद्योग हो।

जुटमिलका लागि विराटनगर क्षेत्र प्रसिद्ध रहे पनि अहिले जुटखेतीमा आएको ह्रास र किसानको रोजाइमा नपरेपछि जुट उद्योगका मजदुरको रोजगारी घट्न थालेको छ। जुटको बोरा, कार्पेट, लुगा र झोलाजस्ता सामान उत्पादन हुने गर्छ।

जुट उद्योग सङ्गठन मोरङका अनुसार दैनिक प्रयोगमा आउने कार्पेट, बोराका लागि आवश्यक कच्चापदार्थको अभावमा उद्योग धरासायी बन्दै गएको हो।

नेपालमा उत्पादित जुटले नेपालमा रहेका उद्योगका लागि १० प्रतिशत मात्र कच्चापदार्थ पुग्छ भने बाँकी जुट बङ्गलादेश र भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। यस वर्ष जुटको मूल्य वृद्धि भई ४० केजीको पाँच हजार रुपैयाँ पुगेको छ।

पर्यावरणमैत्री, जुटको पातबाट खेतलाई पर्याप्त प्राङ्गारिक मल उत्पादन हुने र जुट प्रशोधनका क्रममा निस्कने डाँठ दाउराका लागि काम लाग्ने भएकाले यसतर्फ किसानलाई राज्यले आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने सुनसरीको गढी गाउँपालिका–२ जमुवाका शिक्षक पर्शुराम चौधरी बताउछन्।

प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०८:३३
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना