काठमाडौँ: गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक बसेको छ। केन्द्रीय पार्टी कार्यालय च्यासलमा केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो।
बैठकमा आगामी महाधिवेशनको तयारी, सरकारका गतिविधि र समसामयिक राजनीति विषयमा छलफल हुने बताइएको छ।
एमालेले यसअघि नै चुनावमा नजाने अडानसहित संसद् पुनर्स्थापनाको विषय अघि सारेको छ। त्यसका लागि तत्कालिन संसद्मा रहेका दलहरूसँग पनि छलफल गरिरहेको छ। संसद् पुनर्स्थापनका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ।


