२०८३ कार्तिक २४ गते सोमबार

जलविद्युत कम्पनीमाथि कडाइ गर्दै सेबोन: ‘लकइन पिरियड’ बढाउँदै, उत्पादनपछि मात्रै आईपीओ

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, मङ्सिर ४
sebon

काठमाडौँ: साधारण शेयर (आईपीओ) निष्काशनमा कडाइको तयारीमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत कम्पनीहरूको ‘लक–इन पिरियड’ अवधि बढाउन लागेको छ।

सेबोनले धितोपत्र निष्काशन नियमावली परिमार्जन गर्दै जलविद्युत कम्पनीको लक–इन पिरियड अवधि थप लामो बनाउने प्रक्रिया अघि बढाएको बोर्ड स्रोतले जनाएको छ। यसअघि नै परिमार्जन गर्ने भनिएको नियमावली कर्मचारी आन्दोलनका कारण रोकिएको थियो। अब भने उक्त कार्य पुनः अगाडि बढेको बोर्ड स्रोतले नेपाल क्लिक्सलाई जानकारी दियो।

बोर्डका एक अधिकारीका अनुसार, नियमावली परिमार्जनको काम अघि बढिसकेको छ। केही समयअघि गर्ने भनिएको काम आन्दोलनका कारण रोकिएको थियो। अब चाँडै नै परिमार्जित नियमावलीको मस्यौदा बोर्ड सञ्चालक समितिमा पेश गर्ने तयारी गरिएको छ।

हालको व्यवस्थाअनुसार आयोजना सञ्चालनमा आएका तीन वर्ष पूरा भएपछि मात्र जलविद्युत प्रवर्द्धकहरूको लक–इन अवधि खुल्ने गरेको छ। तीन वर्षपछि संस्थापकहरूले आयोजनाका सबै शेयर बेचेर कम्पनीबाट बाहिरिन पाउने व्यवस्था छ। तर, नियमावली परिमार्जनपछि संस्थापकले तीन वर्षपछि आधारभूत शेयरको दुई तिहाई (६६ प्रतिशत) मात्र बेच्न पाउने व्यवस्था हुन लागेको छ। बाँकी एक तिहाई (३३ प्रतिशत) शेयर आयोजना निर्माणका क्रममा लिएको ऋण चुक्ता भएपछि मात्र बिक्री गर्न पाउनेछन्।

उदाहरणस्वरूप, कुनै प्रवर्द्धकसँग जलविद्युत कम्पनीको १०० कित्ता शेयर छ भने उसले आयोजना सञ्चालनमा आएको तीन वर्षपछि ६६ कित्ता मात्र बेच्न पाउनेछ। बाँकी ३३ कित्ता ऋण चुक्ता नभएसम्म लक–इनमै रहनेछ।

लगानीकर्ताले आफूहरूले चाहेको समयमा शेयर बेचेर कम्पनीबाट बाहिरिन पाउनुपर्ने तर्क गरिरहेको बेला बोर्डले लक–इन अवधि अझै बढाउन लागेको हो। जलविद्युत कम्पनीहरूले ऋण चुक्ता गर्न औसत १० वर्ष लाग्ने भएकाले लक–इन अवधि दीर्घकालीन हुने देखिन्छ। साथै, जलविद्युत कम्पनीका सञ्चालकहरूले आयोजना निर्माणका लागि लिएका ऋणमा व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) राख्ने गरेका छन्। आयोजना बनाउँदा व्यक्तिगत जमानी राखेकाले कम्पनीको शेयर केही समयपछि तत्काल बेच्न पाउनुपर्ने माग प्रवर्द्धकहरुको छ।

संस्थागत लगानीकर्ताहरू नयाँ आयोजना बनाउन चाहने बेला विद्यमान आयोजनामा लगानी फिर्ता गर्न शेयर बिक्री गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूले ‘लक–इन पिरियड’ नराखी शेयर बिक्रीमा लचिलो व्यवस्था गर्नुपर्ने बताएका छन्।

यसअघि बोर्डले गरेको अध्ययनले पनि जलविद्युत आयोजनाको लक–इन अवधि बैंक तथा वित्तीय संस्थाको हाराहारीमा बढाउनुपर्ने निष्कर्ष दिएको थियो। उक्त प्रतिवेदन सार्वजनिक भएपछि जलविद्युत लगानीकर्ताहरूले विरोध गरेका थिए।

आईपीओमा कडाइ
सेबोनले जलविद्युत कम्पनीको आईपीओ निष्काशन प्रक्रियामा पनि कडाइ गर्ने भएको छ। अब आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु गरेपछि मात्र जलविद्युत कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्न दिने तयारीमा छ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल नेतृत्वको उच्चस्तरीय आयोगले गत चैत अन्तिम साता बुझाएको प्रतिवेदनमा जलविद्युत कम्पनीले विद्युत उत्पादन सुरु गरेपछि मात्रै आईपीओ जारी गर्नुपर्ने सुझाव दिएको थियो। तर, पछि अर्थमन्त्री खनालले कानुन संशोधन नगरी अनुमति रोक्न नसकिने बताएका थिए।

अब भने बोर्डले धितोपत्र निष्काशन निर्देशिका परिमार्जन गरेर व्यवसायिक उत्पादन सुरु भएपछि मात्र आईपीओको निवेदन स्वीकृतिमा लैजाने तयारी गरेको छ।

हाल जलविद्युत कम्पनीहरूले आयोजना निर्माणकै क्रममा पुँजी जुटाउन आईपीओ निष्काशन गर्दै आएका छन्। उत्पादनपछि मात्र आईपीओ अनुमति दिने प्रावधान लागू भएमा निर्माणधीन आयोजना सञ्चालकलाई समस्या पर्ने व्यवसायीहरूको दाबी छ। व्यवसायीहरूले आयोजना निर्माणकै चरणमा पैसा चाहिने भएकाले बत्ती बलेपछि मात्र आईपीओ निष्काशन गर्न दिन्छु भन्नु अव्यवहारिक भएको बताउँदै आएका छन्।

न्यूनतम शेयर निष्काशन दरमा पनि परिवर्तन
बोर्डले हाल लागू रहेको न्यूनतम १० प्रतिशत शेयर निष्काशनको प्रावधानलाई परिमार्जन गरी न्यूनतम २० प्रतिशत शेयर निष्काशन अनिवार्य बनाउने पनि तयारी गरेको छ।अहिले न्युनतम १० प्रतिशत र अधिकतम ४९ प्रतिशत शेयर निष्काशन गर्न पाउने व्यवस्था रहेको छ।

प्रकाशित: २०८२ मङ्सिर ४ गते बिहिबार ०५:४०
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना