काठमाडौँ: नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका हुन्।
फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्याली गरेका थिए ।
घोषणाका क्रममा उनले राज्यले सार्वजनिक सम्पत्ति र जिउधनको रक्षा गर्न नसकेको बताउँदै अब त्यसको रक्षा फोर्सले गर्ने बताए।
घोषणा कार्यक्रममा उनी विभिन्न भावभंगीमा देखिएका थिए।














