काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा मार्क वाटको उत्कृष्ट शतकमा लुम्बिनी बिरुद्ध कर्णाली याक्सले ९ विकेटको सानदार जित निकालेको ५।
कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे।
वाटले ४१ बलमा १०१ रनको विस्फोटक पारी खेलेका छन्। २९ बलमा अर्धतक पूरा गरेका उनले थप १२ बल खेल्ने क्रममा शतक पूरा गरेका हुन्। शतक बनाउने क्रममा उनले १० छक्का र ६ चौका प्रहार गरे।
एनपीएलको जारी संस्करणमा यो पहिलो शतक हो। जीतका लागि लुम्बिनी लायन्सले १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले विस्फोटक ब्याटिङ गरेका हुन्।


