काठमाडौँ: सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते गर्ने भनेको निर्वाचनमा नजाने अडान लिँदै आएको जेनजी आन्दोलनपूर्वको तत्कालिन सत्तारुढ दल नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ। आयोगले मंसिर १० गतेसम्म दल दर्ताका लागि समयसीमा निर्धारण गरेकोमा एकदिनअघि एमाले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो।
योसँगै निर्वाचनमा जाने दल दर्ताको संख्या ६५ पुगेको छ भने हालसम्म आयोगमा कुल १३५ दल दर्ता भएका छन्।
दल दर्ताका लागि आयोग पुगेकै दिन एमाले संसद् पुनर्स्थापनाको माग गर्दै यसैदिन सर्वोच्च अदालत पनि पुगेको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्।
रिट दर्ता हुन भने बाँकी रहेको छ।


