२०८३ कार्तिक १३ गते बिहिबार

नेपाली महिला टिमले इमर्जिङ टिम्स एसिया कप खेल्ने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २५
National women cricket ream

काठमाडौं – थाइल्यान्डले आफ्नो नाम फिर्ता लिएपछि हङकङमा सोमबारदेखि सुरु हुने एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खेल्ने अवसर पाएको छ। थाइल्यान्डले समयमा भीसा नपाउने भएर नाम फिर्ता लिएपछि उक्त प्रतियोगितामा नेपाल सहभागी हुने भएको हो।

अब नेपाल सो प्रतियोगिता खेल्नका लागि आउने शनिबार वा आइतबार हङकङ जाने भएको छ। यो प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म आयोजना हुँदैछ।

यसअघि थाइल्यान्ड समूह ए मा भारत, पाकिस्तान र आयोजक हङकङको समूहमा थियो। अब नेपाल सोही समूहमा थाइल्यान्डको स्थानमा हुनेछ। यता भारत र पाकिस्तानले भने आफ्नो ए टिमलाई सहभागी गराउने छ। नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी हुनेछन्।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ। दोस्रो खेलमा भारत र अन्तिम खेलमा आयोजक हङकङको सामना गर्नेछ। नेपालले पहिलो खेल १३ जुनमा, दोस्रो खेल १५ जुनमा र अन्तिम खेल १७ जुनमा खेल्ने तालिका रहेको छ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ए टोली सम्मिलित छन्। दुवै समूहका शीर्ष दुई टिम सेमीफाइनल मापुग्नेछन्। सेमिफाइनल १९ जुनमा र फाइनल २१ जुनमा हुनेछ।

नेपाली टिमयले यसअघि मलेसियासँग उसकै घरेलु मैदानमा पाँच खेलको टी–२० खेलेको थियो। सो सिरिजमा नेपालले ३–२ को जित निकालेको थियो।

प्रकाशित: २०८० जेठ २५ गते बिहिबार १२:३५
प्रतिक्रिया

थप समाचार

एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ- कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले...

एसीसी महिला प्रिमियर कप : क्वार्टरफाइनलमा आज नेपालकाे कुवेतसँग प्रतिस्पर्धा

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार खेलिँदैछ। प्रतियोगिताको क्वार्टरफाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र कुवेतबिचको...

नेपालले जित्यो मलेसियाविरुद्धको टी–२० सिरिज

काठमाडौं – घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी–ट्वान्टी महिला सिरिजमा ३–२ को जित निकालेको छ। पहिलो खेलमा नै हार बेहोरेको नेपालले अन्तिम खेलमा जित निकाल्दै सिरिज कब्जा गरेको...

दोस्रो जितसहित मलेसियाविरुद्धको शृंखलामा नेपाल अघि

काठमाडौं – मलेसियामा जारी पाँच खेलका टी-२० शृंखलाको तेस्रो खेलबाट नेपालले अग्रता बनाएको छ। घरेलु टोली मलेसियामाथि बिहीबार सम्पन्न खेलमा नेपालले लगातार दोस्रो जित निकालेसँगै शृंखलामा २–१...

मलेसियासँग पहिलो पटक हार्यो नेपाली महिला टिम

काठमाडौं – वाइएसडी यूकेएम ओभल, मलेसियामा जारी टी–ट्वान्टी अन्तराष्ट्रिय महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले हार बेहोरेको छ। नेपाली महिला क्रिकेटको इतिहासमा अहिलेसम्म हार नबेहोरेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना