२०८३ कार्तिक २४ गते सोमबार

नेपाल उद्योग विकासमा ‘एकद्वार प्रणाली’ अनिवार्य: अध्यक्ष ढकाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ९
chandra_dhakal-4

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा औद्योगिक विकासलाई गति दिन ‘एकद्वार प्रणाली’ अनिवार्य रूपमा लागू गर्नुपर्ने बताएका छन्।

‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार विभागमा आयोजना गरेको ११औं राष्ट्रिय उद्योग दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योग तथा व्यवसाय सञ्चालनका लागि एउटै काममा धेरै सरकारी निकायसँग धाउनुपर्ने अवस्था हटाउनुपर्नेमा जोड दिए।

‘हामीसँग एउटै काम गर्ने सरकारी संरचनाहरु धेरै छन्। सहज व्यवसायिक वातावरण दिनुपर्नेमा झनै झण्झट थपिँदै गएको छ,’ उनले भने, ‘अब एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक सरकारी संरचनाहरु हटाउँदै जानुपर्छ।’

भदौ २३–२४ पश्चात देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको उल्लेख गर्दै ढकालले व्यक्तिगत तथा लगानीको सुरक्षालाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको जनाए। महासंघको पहलमा हालै मन्त्रालयले गरेका केही नीतिगत सुधार सकारात्मक भए पनि ती नीतिको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको उनले बताए।

निर्यात व्यापार सन्तोषजनक नहुँदा निर्यातमा दिइँदै आएको नगद अनुदानलाई निरन्तरता दिन ढकालले आग्रह गरे।

‘नगद अनुदान रोकिने निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्छ,’ उनले भने, ‘यदि अहिले आर्थिक चाप छ भने हिसाब राखेर पछि भुक्तानी गर्ने व्यवस्था मिलाऊँ, तर निरन्तरता अत्यावश्यक छ।’

गत असोजमा उद्योग विभागले चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने सूचना जारी गरेको थियो।

देश विकासका लागि बाह्य लगानीसँगै आन्तरिक पूँजीलाई एकीकृत गरी पूर्वाधार तथा उद्यम विकासमा लगाउनुपर्ने अध्यक्ष ढकालको सुझाव छ।

उनका अनुसार महासंघको पहलमा सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा अघि सार्नु अघि नै १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना भई काम सुरु भइसकेको छ। ‘यसबाट ठूलो पूर्वाधार निर्माण तथा अन्य परियोजनामा पूँजी व्यवस्थापन सम्भव हुनेछ,’ उनले बताए।

स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धनका लागि सरकारद्वारा कोष स्थापना गरिएको निर्णयलाई ढकालले स्वागत गरे। रोजगारी र उद्यमशीलता बढाउन महासंघ सधैं सहकार्यका लागि तयार रहेको उनले स्पष्ट पारे।

प्रकाशित: २०८२ मङ्सिर ९ गते मङ्गलबार ०५:५६
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना