२०८३ कार्तिक १६ गते आईतबार

नेपालमा उत्पादन भएको तोरीको तेल र जुत्ताको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ९
tori

पर्सा: नेपालमा उत्पादन भएका जुत्ता तथा चप्पल अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्दै गएका छन्। नेपालमा उत्पादन भएका स्पोर्ट सुज तथा छालाका जुत्ता गुणस्तरीय हुनुका साथै उपभोक्तालाई सस्तो पर्ने भएकाले विदेशी बजारमा नेपाली जुत्ताको माग बढ्दै गएको छ।

देशको मुख्य व्यापारिक नाका वीरगन्जबाट पछिल्लो समय भारत तथा तेस्रो मुलुकतर्फ नेपालबाट जुत्ताको निर्यात करिब तीन गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज नाकाबाट ६ करोड रूपैयाको १ लाख ४६ हजार जोड जुत्ता निर्यात भएकोमा चालु आवको सोही अवधिमा २३ करोड रूपैयाँका ५ लाख ८१ हजार जोडभन्दा बढी जुत्ता निर्यात भएको छ।

नेपालमा उत्पादन भएको जुत्ता तथा चप्पल अन्यको तुलनामा गुणस्तरीय र सस्तो पर्ने भएकाले यसको माग दिनानुदिन बढ्दै गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मात्रिका भट्टराईले जानकारी दिए। उनले गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा १७ करोड मूल्य बढीका ४ लाख ३४ हजार जोडभन्दा बढी जुत्ताको निर्यात बढ्नुको मुख्य कारण माग बढ्नु नै भएको बताए।

त्यस्तै, नेपालमा उत्पादन भएको तोरीको तेलको गुणस्तर अत्यन्त राम्रो र अन्य देशको तेलको तुलनामा सस्तो पर्न जानाले यसको निर्यात समेत बढ्दै गएको भन्सार अधिकृत भट्टराईले जानकारी दिए। वीरगन्ज नाकाबाट गत आवको पहिलो चौमासिकमा २४ लाख रूपैयाको ५ हजार ७ सय ८३ लिटर तेल निर्यात भएकोमा चालु आवको सोही अवधिमा ४३ करोड रूपैयाँको २५ लाख ७ हजार ४ सय २५ लिटर तोरीको तेल निर्यात भएको उनले बताए।

नेपालमा उत्पादन भएको तोरीको तेल सबैभन्दा बढी भारतमा निर्यात हुने गरेको भन्सार कार्यालयका कर्मचारीहरूले बताएका छन्। भारतमा उत्पादन हुने तोरी तेलको तुलनामा नेपाली तेलको गुणस्तर राम्रो भएकाले दिनानुदिन यसको माग बढ्दै गएको कर्मचारीहरूले बताएका छन्।
त्यस्तै, नेपालबाट पछिल्लो समयमा भारत तथा तेस्रो मुलुकतर्फ हेभी सवारी साधनको निर्यात पनि बढ्दो छ। विदेशबाट नेपाल भित्रिएका डोजर तथा एक्साभेटरको निर्यात वीरगन्ज नाकाबाट बढेको छ।

गत आवको पहिलो चौमासिकमा ४२ करोड मूल्यका १ सय १६ थान डोजर तथा एक्साभेटर निर्यात भएकोमा चालु आवमा ४७ करोड मूल्यका १ सय २२ थान हेभी सवारी साधन निर्यात भएको भन्सारले जनाएको छ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै भारत तथा तेस्रो मुलुकतर्फ विभिन्न वस्तुको निर्यात १ सय ४४ प्रतिशतले बढेको छ। गत आवको पहिलो चौमासिकमा १३ अर्ब ६४ करोडका विभिन्न मालवस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३३ अर्ब २१ करोडका मालवस्तु निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: २०८२ मङ्सिर ९ गते मङ्गलबार ०७:०५
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना