काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ। बालेन्द्रका बुवा रामनारायण साहको सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको हो।
अस्पताल स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखिएको थियो। सोमबार उनलाई अस्पताल भर्ना गरिएकोमा भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो।
रामनारायणले सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशक भएर २०५८ देखि २०६३ सम्म काम गरेका थिए।


